केरा बगानमा जंगली हात्तीको प्रवेश : २०० बोटमा पुर्‍यायो क्षती ।

 

 चितवन, ८ पौष । पुर्वी चितवनको खैरहनी नगरपालिका स्थित स्थानीय केरा किसानीको खेतमा जंगली हात्तीले क्षति पुर्‍याएको छ । खैरहनी नगरपालिका स्थित वर्डा नम्बर १२ जनकपुरमा रहेको राजेन्द्र बुढाथोकीको केरा बगानमा जंगली हात्तीले शुक्रबार राती क्षति पुर्‍याएको हो । चितवन निकुञ्जबाट आएको हात्तीले मध्यरातमा करिब २०० केराको बोटमा क्षति पुर्‍याएको वडाध्यक्ष टीकाराम तिमिल्सिनाले जानकारी दिए । सो बगानमा केराको कोसा पसाइसकेकोले एक लाख बराबरको क्षति भएको बुढाथोकीले बताए । बस्ती प्रवेशमा रोक लगाउन त्यस मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इलेक्ट्रिक फेन्स जडान गरिए पनि हाल बिग्रिएको अवस्थामा छ । खैरहनी नगरपालिका–१२ मा करिब १२५ बिघामा केराखेती गरिएको छ ।