नारायणगढका ठुला होटलमा व्यवस्थित र सरसफाईयुक्त भान्साघर व्यवस्थाको कमि

डिलकुमारि नेपाल ,नारायाणगढ , पुष ६ । नारायणगढका होटलहरुमा आज गरिएको अनुगमनमा लेबल नभएका , मिति नाघेका तथा अखाद्य पदार्थ मिसिएका खाद्य सामाग्रीहरुको नष्ट गरिएको छ । अनुगमनका क्रममा विभिन्न होटलहरुमा खानेकुरालाई व्यवस्थित गरेर नराखिएको र खुल्ला स्थानमा राखिएको पाईएको छ ।

यस्तै नारायणगढको एक किराना पसलमा प्याकिङ चुक अमिलो नष्ट गरेको छ । यस्तै सोही पसलमा खान प्रयोग गरिने गेडागुडीमा साङ्लो मार्ने विषादि प्रयोग गरिएको पाईएको र त्यसलाई तुरुन्त हटाउन निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत विक्की राउतले बताउनुभयो । यस्तै अनुगमनका क्रममा ठुला होटलमा पनि व्यवस्थित र सरसफाईयुक्त भान्साघरको व्यवस्था नभएकाले व्यवस्थित गर्न निर्देशन दिएको अधिकृत राउतले बताउनुभयो । यस्तै भान्सामा काम गर्ने कामदारलाई आवश्यक सुरक्षाका सामाग्री जस्तै पञ्जा , एप्रोन लगायतका सामाग्री तुरुनत व्यवस्था गर्न निर्देशन उपभोक्ता अधिकार मञ्चका उपाध्यक्ष विष्णु भुषालले बताउनुभयो । बजार अनुगमनका क्रममा भेटिएका मिति नाघेका पेय पदार्थ तथा खुल्ला राखिएका समोसा , जेरी , धेरै पटक प्रयोग गरिएका र पुन प्रयोगका लागि राखिएका तेल नष्ट गरिएको जिल्ला प्रशासनका कार्यालयका प्रशासकीय अधिकृत महेशराज पौडेलले बताउनुभयो ।अाज लगभग २०भनदा बढिका हाेटलहरुकाे अनुगमन भएका छन् ।