सहिद स्मृति मावीको महायज्ञको तयारी अन्तिम चरणमा

पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने

 

भरतपुर, पुस ०३ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति मावीको वृहत धन–धान्यान्चल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञका लागि आबस्यक अस्थायी भौतिक संरचना निर्माण, पत्राचार, प्रचारप्रसार लगाएत कामलाइ अन्तिम रुप दिए संगै तयारी लगभग पुरा भएको आज (मंगलवार) बिद्यालय परिसरमा पत्रकार सम्मेलनमा जानकारी गराइयो । हवन कुण्ड, मन्दिर, मौलो लगाएत आवस्यक भौतिक संरचना निर्माणले तिब्रता पाए संगै महायज्ञको तयारी करिब ८० प्रतिशत सकिएको महायज्ञक प्रवक्ता भगिरथ तिमिल्सेनाले बताए । महायज्ञको पुर्व प्रधानमन्त्री एबम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । महायज्ञको दोस्रो दिन प्रदेश सांसद कृष्ण भुर्तेल प्रमुख अतिथि हुने तय भएको तिमिल्सेनाले बताए । तेस्रो दिन रास्ट्रीय सभा अध्यक्ष गणेश तिमिल्सेना, चौथो दिन राष्ट्रिय सरोकार समितिकी सभापति पार्वती रावल प्रमुख अतिथिका रुपमा रहने जानकारी गराइएको छ । महायज्ञको समापन शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलले गर्ने तिमिल्सेनाले बताए । महायज्ञमा भरतपुर महानगरपालिका प्रमुख उपप्रमुख लगाएत स्थानीय तहको साथ रहने आयोजकको बिश्वास छ । महायज्ञलाइ तन, मन,बचन र धनले सहयोग गर्न उनले आग्रह गरेका छन् । महायज्ञको तयारीलाइ अन्तिम रुप दिन ६३ वटा उपसमिति गठन गरि काम गरिएको थियो ।

तिमिल्सेनाका अनुसार प्रचार प्रसारको लागि ७ वटा गेट निर्माण गरिएको र यज्ञ मण्डप, धान्यपर्वत आवास भान्छा र प्रवचन मंच बनाउने तयारी भैरहेको छ । “दानवीर पहिचान गरि भेटघाटलाइ तिब्र पारिएको छ, बैदेशिक रोजगारमा रहेका भूपू बिद्यार्थीहरुको सम्पर्कलाई तिब्र गरिएको छ ।” तिमिल्सेनाले भने,“महायज्ञ सुरु हुनु पुर्व नै सहयोग प्राप्त भैरहदा आफुहरुलाई प्रेरणा मिलेको छ ।” महायज्ञमा तन, मन र बचन र धनले सहयोग गर्न महायज्ञका मूल समारोह समिति संयोजक बिष्णु प्रसाद तिवारीले आग्रह गरे । महायज्ञमा पौष ५ गते बिहान बिद्यालयबाट बृहत शोभा यात्राको तयारी समेत अन्तिम चरणमा छ । शोभा यात्रामा ५ हजार संख्यामा जन सहभागिता रहने आयोजकको दाबी छ । बिद्यालय हुदै अन्नपुर्ण डेरी– पराजुली चोक– गीतानगर– चोकबजार हुदै बिद्यालयमा आएर टुङ्गिने कलश यात्रामा १ हजार ५ सय ८ कलशको ब्यबस्थापन गरिएको छ ।

महायज्ञ सुरु नहुदै सहयोगको ओइरो

सहिद स्मृति मावीको धान्यांचल सुरु नहुदै सहयोगको ओइरो लागेको छ । अहिले सम्म बोधराज पाठकले ३ लाख १ हजार १ सय ५१, लेखमान भण्डारीले २ लाख ११ हजार १ सय ११ , मुल कर्ता अमृत बहादुर तिवारीले १ लाख ५१ हजार १ सय ५१, मोटरसाइकल र्याली कर्ता जौ कुमारी पौडेलले १ लाख ५ हजार १ सय ५०, मोती प्रसाद रिजालले १ लाख ११ हजार १ सय ११ , दामोदर लामिछानेले १ लाख ११ हजार १ सय ११ ,अन्नपुर्ण आमा समूह र सर्वोदय टोल बिकाश सस्थाले संयुक्त रुपमा ८१ हजार, भगिरथ तिमिल्सेनाले ५५ हजार ५ सय ५५, विद्यालयका प्रअ दिपेश पौडेलले २ महिनाको तलब स्वरुप ४७ हजार , सह प्रअ सोम बहादुर दाहाल रु ५१ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गरे । त्यस्तै शिक्षक पुर्णराज घिमिरेले ६१ हजार, शिक्षक सुर्य बहादुर कुवरले २ महिनाको तलब स्वरुप ४७ हजार, शिक्षक पूर्ण प्रसाईले २ महिनाको तलब स्वरुप ४७ हजार, शिक्षक मधु तिमिल्सेनाले २ महिनाको तलब स्वरुप ६१ हजार,लक्ष्मण अधिकारीले ३३ हजार ३ सय ३३, कर्मचारी बसन्त थापाले ३ महिनाको तलब, शिक्षिका जानुका बसेलले ४५ हजार ५ सय ५५ शिक्षक ऋषि राम तिमिल्सिनाले २२ हजार २ सय २२ सहयोग गर्नु भएको छ । शिव मन्दिर टोल विकास सस्थाले १५ हजार ५ सय, प्रगति महिला बहुदेश्यीय सहकारी सस्थाले ७५ हजार ५ सय ५५ र तारापति भुषालले २५ हजार र तुलादान गर्ने गरि सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । त्यस्तै अन्य शिक्षक शिक्षिकाले पनि सहयोगको प्रतिबद्धता जनाएको बुझिएको छ ।

त्यस्तै आजै महायज्ञको प्रसार प्रचार स्वरुप बृहत मोटरसाइकल र्याली निकालिएको छ । र्यालीको उद्घाटन जौ कुमारी पौडेल र बिमला पौडेलले संयुक्त रुपमा गरे ।

स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११र१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना गर्न लागिएको हो । पौष ५ गते देखि १३ गते सम्म संचालन हुने महायज्ञमा श्रीमद्भागवत पारायण तथा कथा बाचन युवा पण्डित बालकृष्ण अर्यालले गर्नु हुनेछ । ४ करोड ५० लाख आर्थिक संकलनको लक्ष्य राखिएको सो महायज्ञ सम्पन्न गर्न ४० लाख खर्च हुने अनुमान गरिएको छ ।