युवती बलात्कार गर्ने दुइ अभियुक्तलाई १० बर्ष कैद !

चितवन, ०३ पौष । चितवन जिल्ला अदालतले २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ अभियुक्तलाई १०/१० वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले चितवन खैरहनीकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ३ बस्ने वर्ष १८ को छोटु साह तुराहा र भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ४ बस्ने वर्ष ३६ को प्रदीप सरकारलाई उक्त सजाय सुनाइएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । उनीहरुमाथि असार १० गते युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।