देश विरोधी गतिविधि बढेको भन्दै राष्ट्रपति सीको ठाडो आदेशमा चीनमा धमाधम चर्च भत्काईंदै

काठमाडौं । चिनिमा प्रहरीले चर्चहरु भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।सी जिनपिङ राष्ट्रपति भएपछि अवै ध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै चर्च बन्द गर्ने नीति लिएको बताइएको छ ।चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ ।अहिले पार्टी प्रमुख तथा राष्ट्रपति सी जिन पिङले पनि माओले जस्तै कदम उठाएको विश्लेषण गर्न थालिएको छ ।

द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचारअनुसार साङ्सीमा आधा दर्जन चर्च भत्काइसकिएको छ ।तत्कालिन पार्टी अध्यक्ष माओले पनि जनवादी सत्ताविरुद्ध सांस्कृतिक हमला भएको बताउँदै धार्मिक अखडाहरु भत्काउन आदेश दिएका थिए । कम्युनिस्ट देश भएका कारण धार्मिक स्वतन्त्रता भएपनि चर्चमार्फत पश्चिमा देशहरुले चिनियाँ संस्कृतिमाथि हस्तक्षेप बढाएको भन्दै डोजर र बम विस्फोट गराएर चिनियाँ सरकारले चर्चहरु भत्काउन सुरु गरेको हो ।