निर्मला पन्त हत्या प्रकरण : हत्याराद्वारा अपराध स्वीकार

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विगतको अनुसन्धानबाट शंकाको घेरामा रहेका चारजनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले निर्मलाका छिमेकी प्रदिप रावललगायत अन्य चार जनालाई पक्राउ गरेको हो । रावल काठमाडौंबाट पक्राउ परेका छन् भने अन्य तीन जनालाई महेन्द्रनगरबाट पक्राउ गरिएको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । उनीहरु सबैजना लागुऔषध दुव्र्यसनी रहेको र केहीले अपराध स्विकारेको प्रहरीले जनाएको छ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।

आइजिपी आफैं सोधपुछमा
निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।

घटनामा उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् ।सोधपुछका क्रममा उनको संलग्नताको धेरै क्लुहरू मिलेको प्रहरी स्रोत बताउँछ । नयाँपत्रिका बाट