प्रहरी अनुसन्धान भन्छ : निर्मलालाई सामुहिक बलात्कार

महेन्द्रनगरका चार युवा काठमाडौं ल्याईयो

 

काठमाडौं — बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो ।

समुहका एक सदस्यका रुपमा प्रदीप रावल मंगलबारदेखि नै वृत्त महाराजगन्जका थुनामा छन् ।

अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ ।

अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ, एक प्रहरी अधिकारीले भने ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।