एसपी राठौरको चितवन आगमन साँढे ६ महिना पुरा ! जता हेर्‍यो, उत्तै चर्चा !!!

 चितवन , १९ मंसिर । प्रहरी तीन शब्दले बनेको यो पेशा सुन्दा जति मिठो छ, त्यत्ति नै जोखिमयुक्त पनि । प्रहरी संगठन यो पेशा हाम्रोमा मात्रै नभइ संसारभर नै चुनौतीपूर्ण र जोखिमयुक्त मानिन्छ । र, यहीँ विशेष चुनौतीपूर्ण पेशालाइ आकर्षित गर्दै देश र जनताप्रति निरन्तर रूपमा लागिपरिरहेका र शान्तिसुरक्षामा कटिबद्ध भइ सुरक्षाको मामिलामा कहिँल्यै कम्पर्माइज र कन्जुस्याइँ नगर्ने एक प्रभुत्व ब्यक्ति । उनी हुन् : रोल्पा त्रिबेणी गाउँपालिका स्थायी घर भएका एसपी सुशील सिंह राठौर । उनी अहिले चितवन जिल्लाको प्रहरी प्रमुखका रूपमा रहेका छन् । उनी जेठ २ गते मात्रै चितवन आएका हुन् । उनले चितवनको नेतृत्व सम्हालेको आज बुधबार ६ महिना १७ दिन मात्रै पुरा भएको छ । यो बीचमा उनले नाम र थर अनुसारको थुप्रै राम्रा काम गरेका छन् । झट्ट सुन्दा राठौर भन्नासाथ जोकोही मानिस पनि तर्सिन्छ र यो छोटो अवधिमै उनी जनजनको मनभित्र मात्रै बसेनन् की पुर्व मेचीदेखि महाकालीसम्म उनको मात्रै चर्चा चलिरहेको छ । अझै केही घुस्याहा प्रहरीले त झन् एसपी राठौर हाम्रो जिल्लामा नआओस् भनी भगवान समक्ष पुकारेका समेत छन् । भने, कतिपयले त झन् चितवनबाट उनी कहिल्यै जाला भन्ने समेत गरेका छन् । प्रहरी संगठनप्रति दाग आउन दिनुहुन्न, संगठनको ओहोदा र पदिय मर्यादाको सदैव ख्याल गर्नुपर्छ । इमान्दारीतालाइ कहिल्यै मर्न दिनुहुन्न भनी विशेष जोड दिदैआएका उनले आइजी साबबाट भएको निर्देशिकाको सदैव अक्षरंश पालना गर्दैआएका छन् । उनले भनेका छन् : आइजी साब र गृहमन्त्री ज्यु को निर्देशनलाइ पालना गर्ने म एउटा सिपाही मात्रै हुँ । घुस भनेपछि महादेवको पनि तीन नेत्र हुन्छ तर, एसपी राठौर घुस दिनेलाई थुनेर मुद्दा चलाउन समेत पछि पर्दैनन् । संगठनको आस्थाप्रति सदैव चल्दै आएका उनले जनताको आड भरोसालाइ कहिल्यै मर्न दिएनन् । गलत काम गरे नराम्रो भइन्छ भन्ने सिद्धान्त बोकी आएका राठौरको जत्ति चर्चा गर्‍यो त्यत्ति नै कम हुन्छ । सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उनी चितवन आएपछि झन् शिखरको चुचुरोमा पुगे । अन्यायमा परेकालाइ न्याय, दिनदुस्खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै भएका छैनन् की खुशीले प्रफुल्लित समेत भएका छन् । जागिरको यो दौरानमा उनी कयौंठाउँमा सरुवा भए, जहाँ बसेर जनताको मनभित्र मात्रै बसे, जनताको सेवा गरे, हली बने र अन्त्यमा उनी जनताप्रति नतमस्तक नै भइछाडे । यो अवस्थामा उनले चितवन आएर पनि धेरै उपलब्धिमुलुक कार्य गरेका छन् । एक त चितवनलाइ कमाउ धन्दामा आकर्षक मानिन्छ । यहाँ आउन धेरैको लडाइँ हुने गर्छ । तर, यस्ता ब्यक्ति कम आउँन्छन् जो अवसरमा बदल्ने होस् । जिल्ला टेकेलगत्तै उनलाई घुसको अफर भटाभट आए, त्यो पनि महिनाको १६ लाख तर, अहँ उनले घुस लिएनन्, कारण उनी संगठन प्रति गद्दार गर्न चाहदैन् थिए । उल्टो घुस दिन खोज्नेलाइ नै उनले थुनिदिए र अन्यको सात्तो लिएर कार्यकक्षबाटै भगाए । त्यसपछि उनको वाहीवाही सुरु भयो । यी त एक प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्ला आएको ७२ घण्टा नबित्दै उनको पहिलो अप्रेसन बन्यो भण्डाराको ए वान कटेज जहाँ ठुलो संख्यामा महिला र पुरुष सहित प्रहरीले नियन्त्रणमा लिन सफल भयो । जुन यसलाई पनि उपलब्धिमूलक मानिन्छ । कारण बिगतमा सो, कटेजमा प्रहरीकै सेटिङ्गमा देह-ब्यापार हुँदै आएको थियो । जहाँ एसपी राठौरले इन्ट्री मारेसंँगै सो, कटेजमा हुँदै आएको देह-ब्यापार हाल पुर्णरूपमा बन्द भएको छ । यो समाचार तयार पार्दासम्म अन्त्यमा उनको सफलता भयो चार जनाको समुहमा आएको चोर । जहाँ सुरक्षाको माग राख्दै घर भित्र जवरजस्ती प्रवेश गरी सर्वसस्व लुटेर लगेका थिए । र, उक्त घट्नामा संलग्न अभियुक्त प्रहरीको नजरबाट धेरै दिन लुक्न सकेनन् । जे होस् चोरी वा अन्य जुनसुकै घट्ना, चितवन प्रहरीले तयार पारेको सुरक्षा रणनीति अनुसार जस्तो सुकै अपराधी भएपनि १५ दिनभित्र नै उनको फन्दामा आइ छाड्थ्यो । र सबैलाई कानुनी दायरामा ल्याउन्थे उनको यो प्रशंसनीय काममा यहाँका विभिन्न पेशामा आबद्ध संघसंस्था, बुद्धिजिवी र ब्यापार ब्याबसायीमा होमिएका ब्याबसायी लगायत ब्यक्तिहरुले खुलेरै उनको प्रसंशा गर्छन् । त्यति मात्रै होइन छोटो अवधिमै उनले बदनाम प्रहरीलाई तह लगाइ छाडे, उनले जिल्ला आएसंगै पहिले आफ्नु संगठनका केही बदनाम साथै बिवादित प्रहरीलाई सुधारे । अनि मात्रै उनले अन्यलाई हेरे । लामो समयसम्म जिल्लामा एकछत्र राज गर्नेलाई दरबन्दीमै फिर्ता गरे, अन्यत्र दरबन्दी भएकालाई उनले तब हटाए, जब उनले आफ्नै भान्से, बर्डिगार्ड र सवारी चालकबाट सुरुवात गरे । उनी भन्छन् स् आफ्नै नरहे पछि अरुलाइ हटाउन पनि के को टेन्सन ? लामो रस्साकस्सी र कसैको भनसुन नसुनी दरबन्दी अन्यत्र भएकालाई रवाना गरिएको उनी सुनाउँछन् । माथिल्लो निकायबाट फोन आउन्थ्यो तर, कसैको लागेन बाध्य भएर रवाना लिएर गए । यस्तै, फरार रहेका अभियुक्त लाई पक्राउ गर्न भारतसँग समन्वय गरी अपराधी समात्न समेत उनले टोली त्यसतर्फ पठाए । भने, पुर्व मेचीदेखि महाकालीसम्म पुगेर अपराधी समात्नुपर्ने अवस्था आएको त्यसमा पनि उनले कुनै कसुर बाकी राखेनन् । लामो समयदेखि प्रहरीकै सेटिङ्गमा सञ्चालनमा हुँदै आएको अबैध ढुंगा, गिट्टी, बालुवाको उत्खननलाइ समेत उनले भताभुंग नै बनाइदिए, चोरी डकैतीमा उल्लेखनीय भुमिका हात पार्न सफल भए, देहब्यापारलाइ समेत नियन्त्रणमा लिन सफल भए, जुवाखाल बन्द गराइ छाडे भने लागुऔषध बिक्री वितरणमा संलग्न, फरार ब्यक्ति, लगायत गैरकानुनी गतिविधिमा संलग्न ब्यक्तिलाइ नियन्त्रणमा लिन उनले सुची नै तयार पारे सोही अनुसार काम समेत गरे । सुरक्षा संयन्त्रलाइ समेत उनले छोटो अवधिमै मजबुत बनाए । युवा पुस्तामा देखिएको लागूऔषध दुब्यसनले अपराध हुने गरेको र यसलाई पहिलो सुचीमा राखेर कामकारबाही लाइ अगाडि बढाएको एसपी राठौरको भनाइ छ । त्यसबाहेक बैदेशिक रोजगारमा गएका परिवारको विचलन, यौन हिंसा, महिला हिंसा बढ्दै गएको एसपी राठौरको निष्कर्ष छ । बसाइसरेकाबाट पनि सुरक्षा चुनौती बढेको उनी बताउँछन् । लागूऔषधको दुब्यसनी र अपराध नियन्त्रण गर्न उनले विभिन्न कार्यक्रमहरु अघि बढाए । नागरिकस्तरबाट आएका गुनासोलाइ यथोचित ढंगले सुनुवाइ गरी अन द स्पोर्ट् कानुनी दायराभित्र ल्याउन समेत उनले यो साँढे ६ महिनाभित्र उल्लेखनीय भुमिका समेत खेले । उनी आएपछि जिल्लामा कुनै पनि अपराधीक घट्ना घट्नु पुर्व पहिल्यै नै सावधानी अपनाउन ठाउँठाउँमा सादा पोशाकका प्रहरी परिचालन मात्रै गरेनन् की जिल्लालाइ शान्त र सुरक्षित एवं भयरहित बाताबरणमा नागरिकले बाँच्न पाउने अधिकारलाइ समेत आत्मसात गर्दै थ्री एस अप्रेसन नै तयार पारी सोही अनुसारको सुरक्षा रणनीति समेत तयार पारे भने , प्रहरीमाथि प्रहरीकै निगरानी समेत गर्न उनी लागिपरे । केही बदनाम प्रहरीकै कारण सिंगोसंगठन धर्लमलिने तर्फ उनी पुर्णतः जानकार छन् । कुनै पनि घट्ना घटिहाले त्यसमा संलग्न अभियुक्तलाइ फरार भएको समयदेखि दुइ साताभित्र आफ्नु नियन्त्रणमा लिन उनी सफल भइ छाड्थे । धेरै सादा पोशाकका प्रहरी परिचालन गर्दैमा अपराधीक गतिविधि नियन्त्रणमा आउँदैन भन्ने सिद्धान्त बोकेका उनले असइ सिताराम खतिवडाको कमान्डमा अहिले प्रहरी जवानहरू पवन गिरी, प्रकाश श्रेष्ठ, डिल्लीराम बुढाथोकी, गणेश थापा मगर लगायत पाँच जना मात्रै सादा पोशाकका प्रहरी परिचालन गरेका छन् । उनले थोरै प्रहरीका बाबजुद आफुले ठुलो सफलता हासिल पार्न आफ्नु टिम सफल भएको भन्दै आफ्नु संँगठन र उनीहरुले देखाएको क्रियाक्रलाप प्रति सदा नतमस्तक नै भइरहे । यसअघि अधिक मात्रामा सादा पोशाकका प्रहरी खटाइ संगठन लाइ नै बदनाम गराउदै आएकोमा उनको जिल्लामा आगमन भएलगत्तै पाँच जना प्रहरी मात्रै जिल्लामा सादा पोशाकमा खटाउनुले पनि उनी सुरक्षाप्रति चिन्तित रहेको आमसर्वसाधरण बिश्लेष्ण गर्छन् । लामो समयदेखि भ्रष्ट एवं बिवादित भएका केही प्रहरीलाई समेत उनले जिल्ला तानेर थन्क्याएका छन् । यसरी जिल्ला थन्किनेमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट दुइ जना प्रहरी जवान, ईलाका प्रहरी कार्यालय रत्ननगरबाट एक प्रहरी हवल्दार, लोथर प्रहरी चौकीबाट एक असइ, पदमपुर प्रहरी चौकीबाट एक हवल्दार, वर्डा प्रहरी कार्यालय नारायणगढबाट दुइ प्रहरी जवान साथै, गोन्द्राङ्ग प्रहरी चौकीबाट एक जना असइ जिल्ला थन्किएको र उनीहरुलाइ क्युआरटीदेखी कन्ट्रोलसम्म थन्क्याएको स्रोतले बताएको छ । उनीहरुको बिषयमा धेरै नै गुनासो आएपछि गरिएको अप्रेसनका क्रममा केही मात्रामा दोषी भेटिएपछि जिल्ला तानेको एसपी राठौर बताउँछन् । उनका अनुसार हवल्दार उपेन्द्र यादवलाइ घुस काण्डमा क्वाटरगार्ड मै थुन्नु समेत परेको बताए भने, एक जना प्रहरी जवानलाई घुमुवाको जिम्मेवारीबाट हटाइएको बताए । अन्य घुमुवा प्रहरीको बिषयमा समेत गुनासो आएको बताउदै उनले घुमुवामाथि पनि अर्को घुमुवा प्रहरी तयार पारी स्ट्रीङ्ग अप्रेसन गरिरहेको र उक्त अप्रेसनमा परे बिभागीय कार्वाही हुने चेतावनी दिदै मातहतका कर्मचारीलाई लोभलालचमा नपरी आफ्नु नैतिक जिम्मेवारीलाइ इमान्दारीपुर्वक वहन गर्न अपिल गर्दैआएका छन् । त्यत्ति मात्रै होईन मातहत लाइ समेत उनले सादा पोशाकका कुनै पनि प्रहरी परिचालन नगर्न र आवश्यक परेको खण्डमा जिल्ला संँग सहकार्य गर्न समेत निर्देशन दिदै आएका छन् भने मातहतका इन्चार्जहरुलाइ प्रहरीको शिर ठाडो हुने गरी कार्यसम्पादन राम्रोसँग गर्न बारम्बार निर्देशन दिदै आएका छन् । पछिल्लो समय जसरी उनी आक्रमक भए । उनको त्यो आक्रमक कदम प्रति नागरिक समेत दंग छन् । यसरी आएको छोटो अवधिमै जनताको स्नेह र सद्भाव पाउँदा उनले आफ्ना थुप्रै निजी आकांक्षाहरुको समेत तिलाञ्जली दिए । प्रहरीमा प्रवेश गरेपछि उनी हत्तपत्त बिदा नै जाँदैनन् । दसैं, तिहार र छठ जस्तो हिन्दुहरुको महान चार्डमा समेत उनी बिदा बसेनन् । साँढे ६ महिनाको अवधिमा एक सातामात्रै बिदामा बसेका उनी बिदा बस्नु भन्दा पनि जनताको ओहोरात्रमा खटिन मनपराउँन्छन् । त्यसैले, पनि उनी स्वयं रातभर आफैं मोबाईल गस्तीमा साइरन बजाउदै चार्डपर्वमा हिंडेपछि थप चर्चामा आए । उनी आएपछि पनि चितवनमा थुप्रै घट्ना घटे । बलात्कार देखी चोरी त्यस्तै लागूऔषधदेखी गुण्डागर्दीसम्म । तर, ती सानाठुला सबै घट्नामा संलग्न अभियुक्त यतिबेला खोरमा जागिएका छन् । यो बीचमा गुण्डागर्दी, हत्याहिंसा एवं झैंझगडा र कुटपिट लगायत विभिन्न अपराधीक गतिविधिलाइ समेत उनले निस्तेज पार्न कुनै कसुर बाँकी राखेनन् । उनी चितवन भित्रीएपछि बिगतमा जस्तो अपराधीक गतिविधिमा नियन्त्रण भएको स्वयं स्थानीयबासिन्दा नै मुल्यांकन गर्छन् । एक स्थानीयका अनुसार बिगतमा यहाँ प्रहरीकै सेटिङ्गमा गैरकानुनी गतिविधि भएकोमा अहिले एसपी राठौरले जिल्लामा टेकेसंँगै गुण्डा र गलत धन्दाको राज अन्त्य भएको बताउँछन् । एसपी राठौर भन्छन् : मेरो निर्देशनको भाइहरुले अक्षरंश पालना मात्रै गरेका हुन् । जिल्लाको नेतृत्व सम्हाले लगत्तै ठुलाठुला अवसर र चुनौतीका अवसर समेत उनले भोग्नुपर्‍यो । तर, उनले हरेस भने खाएनन् । त्यहीं विशेष र चुनौतीपूर्ण पेशा प्रति सदैव लागिपरेका एसपी राठौरले प्रहरी सेवामा आमजनमानसबाट कहिल्यै सिकायतको मौका हुन नदिने प्रतिबद्धता समेत दिलाए । प्रहरीको चुनौतीपूर्ण जीवनमा उनी रमाएका मात्रै छैनन्, की आफुलाई जिम्मेवारी कुशलतापूर्वक प्रहरीका रूपमा नागरिकले गर्व गर्न पाउदा उनी खुशी छन् । संगठनमा धेरै चुनौतीहरु आउँन्छन् र यहीँ चुनौतीपूर्ण क्षणलाइ उनले अवसरमा बदलेका छन् । “जनताले प्रहरीसंग बढी नै आशा र अपेक्षा राखेको तथ्यलाई राठौरले राम्रोसंँग बुझ्ने गरेका छन् । जनअपेक्षा पुरा गर्ने कुरामा उनी संम्बेदनशिल मात्रै छैनन् कि मुस्कान सहितको सेवा र प्रहरी मेरो साथी, समुदाय-प्रहरी जस्ता संँगठनको लोकप्रिय कार्यक्रमको मर्मलाई समेत उनले राम्रोसंँग नियाल्ने गरेका छन् । चितवनमा पनि उनले आमनागरिकसंँग हातेमालो गरेर आफ्नो कार्यसम्पादन गरिरहेका छन् ।“ चितवन जस्तो संम्वेदनशिल क्षेत्र जहाँ १ महानगरपालिकासहित ५ नगरपालिका र १ गाउँपालिकाको सुरक्षा रणनीतिमा समेत विशेष ध्यान केन्द्रीत बनाएका छन् । राजनीतिक दल, नागरिक समाज र अन्य सुरक्षा अंगसँगको समन्वयमा जिल्ला लाइ शान्तिपूर्ण ढंगबाट अगाडि लैजाने र जनताको मन, मस्तिष्क र ढुकढुकीमा बसेर छाड्ने प्रतिबद्धता ब्यक्त गरेका एसपी राठौरले सुरक्षा चुनौती विश्लेषण गर्दै वर्गिकरण गरी काम गरिरहेको बताउँछन् । एउटा प्रहरी अधिकृतका रुपमा आइपर्ने सबै खाले अनुभव उनले पनि संगालेका छन् । विभागले खटाएको सबै भूभागका साथै, दुर्गमदेखी सुगम, मेचीदेखि महाकालीसम्म उनले आफ्नो क्षमता प्रर्दशन गरेका छन् । कर्तव्य पालनाका क्रममा दवाव महशुस गर्नु नपरे पनि आग्रह भने आउने गरेको उनको अनुभव छ । तर, कानुन भन्दा बाहिर गएर गर्नुपर्ने काम भने, उनीबाट नहुने गरेको उनको भनाइ छ । पीडितलाई न्याय दिने र कानुन कार्यान्वयन गराउने सवालमा उनी कठोर प्रहरी अधिकृतका रुपमा परिचित छन् । जनताले प्रहरीसंँग बढी नै आशा र अपेक्षा राखेको तथ्यलाई उनी राम्रोसंँग बुझ्छन्। जनअपेक्षा पुरा गर्ने कुरामा उनी संम्बेदनशिल छन् । चितवनमा पनि उनले आमनागरिकसंँग हातेमालो गरेर आफ्नो कार्यसम्पादन गरिरहेका छन् । जसका कारण छोटो समयमा नै उनी चितवनवासीको लोकप्रिय मात्रै भएका छन् । राठौर जस्ता केही प्रहरी अधिकृत मात्रै भए संगठन प्रति आशा लाग्दो किरण झैँ चम्किरहन्थ्यो । राठौर नेपाल प्रहरीको एउटा सक्षम र आशा लाग्दा भविष्यका उज्ज्वल प्रतिक हुन् । राम्रोसँग कार्यसम्पादन गर्न नसकेको आरोपमा उनीसंँगै सरुवा भएका अधिकांश जिल्लाका एसपी भटाभट तानिएका छन् । शनिबार मात्रै गोर्खाका एसपी बिमल बस्नेत हेर्ड्क्वाटर तानिए, त्यस अगाडि मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठ तीन सातामै तानिए भने, दाङ्गका कृष्णहरी शर्मा, स्याङ्जाका जयराज सापकोटा, नवलपुरका एसपी सहित तुलसीपुरका डिएसपी प्रकाश सापकोटा,
गैंडाकोटका प्रहरी निरीक्षक दिवस जिसी समेत छोटो अवधिमै कार्यसम्पादन राम्रोसँग गर्न नसकेको आलोचना खेपी हेर्ड्क्वाटर तानिए भने, कपिलवस्तुका एसपी मनोज कुमार यादव ६ नम्बर प्रदेश प्रहरी कार्यालय लखटिए । तर, चितवनका एसपी राठौरले जिल्लामा देखाएको भुमिका प्रति स्थानीय नतमस्तक छन् भने, सुरक्षामा कुनै कसुर बाँकी नराख्ने बताउदै आएका छन् । केही ब्यक्ति उनलाई सरुवा गराउन दिन रात मिहेनत गरिरहेका छन् तर, दुर्भाग्य उनका गल्ती औल्याउन र कारण देखाउ भन्ने आँट कसैले गर्न सकेनन् । उनले परिचालन गरेका सादा पोशाकका प्रहरी र इमान्दारीतालाइ गरिएको सम्मानकै कारण उनको चितवन बसाइँ राम्रो हुने निश्चित प्रायः छ ।