सरकारी सवारीसाधनको दुरुपयोग हुने क्रम अझै रोकिएन

बिद्युत प्राधिकरणको सवारी बनभोजमा प्रयोग ।

 चितवन , १६ मंसिर । सार्वजनिक बिदाका दिन कुनै पनि सरकारी सवारीसाधन चलाउन पाइदैन । यदी चलाउनु नै पर्ने कुनै अत्यावश्यक काम नै भए प्रशासनसमक्ष अनिवार्य रूपमा पास लिनुपर्ने हुन्छ । तर, नेपाल बिद्युत प्राधिकरणका केही महाशय त्यस्को कुनै प्रवाह गर्दैनन् । हो, सरकारी सवारी साधनको कत्ति सम्मको चरम दुरुपयोग हुन्छ भन्ने उदाङ्गो नेपाल बिद्युत प्राधिकरणले गरेको छ । मकवानपुरको विद्युत् प्राधिकरणका कर्मचारीहरुले शनिबार वनभोज जाँदा दुई दर्जन बढी सरकारी सवारी साधनको प्रयोग गरेका छन् । हेटौंडा बजार नजिक भिमफेदीस्थित त्रिखण्डीमा नेपाल विद्युत् प्राधिकरण हेटौंडा क्षेत्रीय समितिको वनभोज तथा भेलामा सहभागी अधिकांश कर्मचारीले प्राधिकरणका गाडी दुरुपयोग गरेका हुन् । वनभोज खान नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत वीरगंज, भरतपुर, टाँडी, पालुङ, गौर, कलैया, सिमरा, चपुर, हेटौंडा, पोखरीया वितरण केन्द्रका कर्मचारी सहभागी भएका थिए । यता , मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार बिदाको दिन सरकारी गाडी चलाउनुपरेमा प्रशासनसमक्ष अनिवार्य रूपमा सवारी पास लिनुपर्ने भए तापनि बिद्युत प्राधिकरणले त्यसो नगरिएकोमा आपत्ति जनाए । उता ,नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ क्षेत्रीय समिति हेटौंडाका अध्यक्ष प्रकाश बस्नेतले वनभोज मात्र नभई भेला पनि भएकाले प्राधिकरणको सवारीसाधन प्रयोग दाबी गर्छन् ।