चितवनका चोक चोकमा ‘सरकार भेटियो, न्याय भेटिएन’

चितवन,मंसिर १५ –
काठमाण्डौका भित्ता भित्तामा भेटिने सरकार भटियो तर न्याय भेटिएन भन्ने पोष्टर अहिले चितवनका भित्ता भित्तामा भटिएको छ । यस अघि राजधानी काठमाण्डौंमा टाँसिएको सो पोष्टर आज नारायण्गढ बजारका चो चोक र गल्लीमा टाँसिएको हो । निर्मलाको फोटोसँगै छेउमा लेखिएको थियो, ‘सरकार भेटियो, तर न्याय भेटिएन ।’ यसैगरी ‘न्यायमा ढिलाइ हुनु पनि न्याय नदिएजस्तै हो,’ अंग्रेजीमा लेखिएको छ ।
कञ्चनपुरकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न देशभर विभिन्न दबाबमूलक कार्यक्रम भइरहेका बेला चितवनमा समेत यस्तो पोष्टर टाँसिएको हो । पन्तका हत्यारा पत्ता लगाउन दबाब सिर्जना गर्दे ४ महिनादेखि र्‍याली, जुलुस र धर्ना चलिरहेको छ ।
सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा काठमाडौंमा रातारात ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका थिए । पोस्टर चितवनका स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्चेर टाँसेका हुन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारी तबरबाट हत्याको छानबिनका लागि गठिन समितिहरु समेत बेकामे बनेपछि यसको चर्को आलोचना हुँदै आइरहेको छ ।