चितवन प्रहरीको अहिलेसम्मकै ठुलो सफलता प्रनिश थापा : ठुलो परिणामको लागूऔषधसहित दुइ जना भरतपुरबाट समातिए ।

 

 चितवन , ९ मंसिर । चितवन प्रहरीले सञ्चालनमा ल्याएको थ्री एसअप्रेसन पछिल्लो समय जिल्लामा प्रभावकारी बन्दै गएको छ । शान्तिसुरक्षाको प्रत्याभूती दिलाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त अप्रेसनले पछिल्लोसमय सफलताको शिखर चुम्दै गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको जिल्लामा आगमन भएसंँगै लागूऔषध र देहब्यापार लाइ पहिलो निशाना बनाउदै आएको चितवन प्रहरीले कार्तिक १६ गते १८० एम्पुल र ३०३ ट्याब्लेट नाइट्रोब्याट सहित भारतीय नागरिक रामनिवास गुप्तालाई पक्राउ गरेको तीन साता बित्न नपाउदै गएको शुक्रबार राती अन्दाजी २०स्३० बजेको समयमा पुनः ठूलो परिणामको लागूऔषध र नगदसहित भरतपुर महानगरपालिका वडा नंं २ स्वामीचोकबाट भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट वर्ष २५ का केशव घले र ऐ । ऐ बस्ने वर्ष २४ का विशाल घलेलाइ जिल्लाबाट खटिएको प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको विशेष टोलीले उनीहरुलाइ पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट डाईजेपाम २७१ एम्पुल, व्युप्रिनर्फिन २७१ एम्पुल, फेनारगन २७१ एम्पुलसहित नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको एसपी राठौरले जानकारी दिएका छन् । राठौरका अनुसार केही व्यक्तिहरुले लागु औषध बेचबिखन गर्दै हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा शंकास्पद अवस्थामा उनीहरुलाइ प्रहरीले फेला पारेको थियो । फेला परेकाहरुलाइ नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा केशव घलेको झोलाबाट प्रहरीले ती लागूऔषध र नगद फेला पारेको उनले जानकारी दिए । अनुसन्धानका क्रममा उनीहरुले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागुऔषध विक्री गरी आर्जन गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई लागूऔषध ९नियन्त्रण० ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक रूपमा अनुसन्धान प्रक्रियालाइ अगाडी बढाईएको एसपी राठौरले टेलिफोनमार्फत जानकारी दिए ।