जग्गा भाडा सम्झौंता रद्ध

 

सानोठिमी क्याम्पसले जग्गा भाडामा लगाएको बिषयमा आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध गर्ने निर्णय गर्नुभएको छ ।

क्याम्पसले विवादित ढंगले जग्गा भाडा लगाएको र एकदमैं कम रकममा जग्गा भाडामा दिएको सुचना पाएपछि मन्त्री पोखरेलको ध्यानाकर्षण भएको थियो । जग्गा भाडाको बिषयमा तत्काल एक्सन लिनुभएका मन्त्री पोखरेलले आज मन्त्री स्तरिय निर्णय गर्दे जग्गा भाडा सम्झौंता रद्ध गर्नुभएको हो ।

तत्कालिन श्री ५ को सरकार शिक्षा, सस्कृति तथा समाज कल्याण मन्त्रालय भण्डार तथा सम्पती व्यवस्थापन शाखाको २०५२।३।२३ को निर्णयानुसार क्याम्पसलाई उक्त जग्गाको स्वमित्व नेपाल सरकारमा नैं रहनेगरी बेचबिखन, हकहस्तान्तरण, दान दातव्य केही गर्न नपाउनेगरी भोग चलन सम्म गर्न दिने निर्णय भएको थियो ।

सरकारले क्याम्पसलाई जग्गा भोगचलन मात्रैं गर्न दिएको थियो । तर क्याम्पसले गैंह्र कानुनी ढंगले जग्गा भाडामा लगाईए पछी मन्त्री पोखरेलले आवश्यक छानबिनगरी क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध गर्नुभएको हो ।