हत्या अभियोगमा पक्राउ परेका चार अभियुक्त रिहा ।

 

चितवन , २९ कार्तिक । चितवनमा अपहरण गरी ज्यान मारेको आरोप लागेका कालिकोटका चार जनाले बुधबार सफाइ पाएका छन् । गएको पुस ११ गते नारायणगढमा गलैंचा बेच्दै आएका कालिकोट तिला ९ बस्ने वर्ष १९ को उमेश पाण्डेको पौष १९ गते हत्या गरी नारायणी नदीमा फालेको आरोप लागेका कालिकोट जिल्ला वर्डा नम्बर २ बस्ने अक्कल बहादुर कठायत , गोविन्द पाण्डे, गंगालाल पाण्डे र नरेश न्यौपाने लाई चितवन जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारी इजलासले सफाइ पाउने फैसला गरेको हो । किटानी जाहेरी परे पछि उनीसँगै व्यापार गर्न हिँडेका पक्राउ परेका थिए । उनीहरु विरूद्ध सार्वजनिक मुद्दा चलाइएकोमा पछि चितवन प्रहरीले अपहरण गरी कर्तव्य गरेको आरोपमा मुद्दा चलाइएको थियो । उनीहरु यसअघि पुर्पक्षका लागि थुनामा रहेका थिए ।