चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कृषकहरूको बिरोध ।

चितवन , २९ कार्तिक । ३२ अर्बको लगानीमा स्थानीय सरकारले मोडेल गाई फार्म स्थापना गरेको भन्दै यहाँका कृषकहरुले विरोध जनाएका छन् । व्यवसायिक दुग्ध उत्पादक कृषक समाजद्वारा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय दुई नम्बर प्रदेश सरकार र तीन नम्बर प्रदेश सरकारले
कमिसनको खेलमा चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कडा शब्दमा बिरोध जनाएका छन् । बिरोधका बीचसरकारले देशका किसान र गाईलाई उपेक्षित गरी चीनबाट गाई भित्र्याउँने काम भए किसान चौपायासहित प्रत्यक स्थानीय तहबाट अन्दोलनमा उत्रिने र किसानको गाई भैंंसी स्थानीय सरकारको कार्यालयमा बाँधिने गरी आन्दोलनका कार्यक्रम गरिने चेतावनीसमेत दिइएको छ । उनीहरुले चीनबाट नेपालमा गाई भित्र्याउन नहुने समेत बताएका छन् । व्यवसायिक दुग्ध उत्पादक कृषक समाज रत्ननगर नगरपालिकाका अध्यक्ष किशोर वाग्लेले एकै पटक १२४ वटा गाईका बाच्छीहरु सिन्धुली पठाएको जानकारी गराउँदै नेपाली कृषककै गाईबाट विदेशबाट आएका गाईकै जस्तो उत्पादन लिन सकिने हुँदाहुँदै समेत विदेश बाट ल्याउने गाईबाट राज्यले आर्थिक भार मात्र बेहोर्नुपर्ने बताए । यस्तै, सोही कार्यक्रममा बोल्दै सचिव इन्द्रमणि गैरेले पशुपालक कृषकहरुले उत्पादन गरेको दूधसमेत सरकारले बजारीकरण गर्न नसकेको, दूधको मुल्यको अनुसन्धान गरेर कृषकले उचित अनुदान नपाएको अवस्थामा विदेशबाट गाई भित्र्याउनु नेपाली कृषकको पक्षमा नरहेको बताए । यता, भरतपुर महानगरपलिका का अध्यक्ष शिवलाल कँडेलले नेपालमा भएको ब्रिडिङ केन्द्रलाई सशक्त र आधुनिकीरण गरेर पशुपालक कृषकलाई दुग्ध उत्पादनमा लाग्न प्रेरणादायी भूमिक राज्यले निर्वाह गरी मिल्क होलिडे बन्द गर्न सके दिनको ३० देखि ४० लिटरसम्म दुग्ध उत्पादन गर्ने क्षमता भएका गाई नेपालमै उत्पादन गर्न सकिने बताउँदै नेपालमा विदेशबाट गाई भित्र्याउनुपर्ने आवश्यक नरहेको स्पष्ट पारे । व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवन, व्यवसायिक दुग्ध उत्पादक कृषक समाज भरतपुर महानगरपलिका र व्यवसायिक दुग्ध उत्पादक कृषक समाज रत्ननगर नगरपालिकाले संयुक्तरुपमा चीनबाट गाई ल्याउन भन्दा नेपालका गाईपालक कृषहरुलाई प्रोत्सान गर्नुपर्नेमा उनीहरुको जोड थियो ।