मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई

कात्तिक २९,मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई धेरै बहुमुखि नेपाली करातेकी खेलाडि हुन् । हिजोआज एक सफल खेलाडी ,प्रशिक्षक र निर्णायक पहिचान भएकि राई । सानो उमेरमा एशियाली कराते महासघको निर्णायकको लाइसेन्स लिएर स्वदेश तथा बिदेशमा समेत रेफ्रीको भुमिकामा निभाईकि छिन् । सितरियो कराते खेलबाट ब्ल्याक बेल्ट तेस्रो डान होल्ड गरेकी हिरा मोडलिङ्गको दुनियाँमा छुट्टै हैसियत बनाउन सफल भएकी छिन् । स्नातक अध्यनरत हिराले राजधानीको प्रतिस्ठित मोडल इन्सिचुट बाट मोड्लिङ्ग कोर्श समेत पूरा गरिसकेकी बताईन ्। सन २०१६मा आयोजना भएको रनओए मोडल कन्टेस्टमा समेत फर्स्ट रनर अफ उपाधी हात पार्दै ,सोही बर्ष आयोजित विभिन्न प्रतियोगिताहरुमा बेस्ट क्याट्वाक,मिस ब्युटी कुइन र बेस्ट ट्यालेन्ट उपाधी समेत हात पारी सकेकी छु तर भावि योजना न तपाईलाई थाहा छ नमलाई हजुरको खुवि छ मैले देखेकि छु मेरो हजुरले भन्दै हसिलि खेलाडी राईले बताईन् । दर्जनौं म्युजिक भिडियोमा समेत आफ्नो कला देखाइसकेकी राईले आफ्नो सम्भावना रहेको बताईन् । अनुशासन र मेहनतमा बिश्वास गर्ने हिरा भन्छिन “ सबै बिधाको अनुभव भएर होला,हरेक कम्पिटसनमा आफुलाई सहज रुपमा प्रस्तुत गरिरहेको छु ।“ टप मोडल २०१८ हन्टको तयारीमा रहेकी हिरालाई दर्सकहरुले निकै रुचाउने छन् । हिरा आफु कुनै कुरामा पछि नहट्ने बताउँछिन् ।