कावासोतीमा यात्रुबाहक बस पल्टिदा १६ घाईते


कावासोती,कार्तिक २९(

नवलपुरको कावासोतीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ भने अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दाङबाट काठमाडौं जाँदै गरेको राप्ति यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा सडक छेउमा पल्टिएको हो । गम्भिर घाईतेहरुलाई थप उपचारका लागि चितवनको नयां मेडिकल कलेज भरतपुर पठाईएको छ भने अन्य घाईतेहरुको कावासोतीमै रहेको कालिगण्डकी अस्पतालमा उपचार भैरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको आशंका गरिएपनि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।