संघीयतासँगै थपिए भिआइपीः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

काठमाडौं — सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ ।

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ ।

मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ ।

यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ ।

अहिले विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको सुरक्षामा करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालित छन् । नागरिक दैनिकमा यो खबर छ ।