मन्त्रीबाट बर्खास्त सोडारी पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन

newsabhiyan
मन्त्रीबाट बर्खास्त दीर्घ सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासित गरिएको छ ।

पदीय मर्यादा विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट बर्खास्ती गरिएका सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो ।

मंगलबार बिहान मन्त्रीबाट बर्खास्त भएका उनलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।

नेकपाको सुदूरपश्चिम कमिटी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सोडारीको कार्यशैली लगायतमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको हो ।

यसअघि तत्कालीन नेकपा (एमाले) कैलालीको अध्यक्ष रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को ‘१’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । सोडारीलाई सामाजिक विकास मन्त्रीबाट हटाएर तत्कालीन एमालेबाट कैलाली क्षेत्र नम्वर ४ को ‘२’ बाट निर्वाचित कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा प्रदेश सरकारले नियुक्त गरिसकेको छ ।

नेकपाको पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिए सोडारीको सांसद पद भने यथावत रहनेछ । उनलाई यसरी कार्वाही गर्नुको प्रमुख कारण नखुलाईए पनि नेकपाका नेताहरूले पदीय मर्यादाबिपरित काम गरेको भन्ने गरेका छन् । राजधानीबाट ।