यो सरकार बोल्ने मात्र हो गर्न केही काम गर्न सक्दैन : कांग्रेस नेता पौडेल 


चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले बोल्ने मात्र सक्ने र केही काम गर्न नसक्ने आरोप लगाएका छन् ।
मंगलबार बिहान भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सरकारको तीव्र आलोचना गर्दै सरकारले केही नगर्दा जनतामा व्यापक निराशा छाएको समेत जिकीर गरे । नेता पौडेलले अहिलेको कम्युनिष्ट सरकारलाई काम गर्नको लागि यति धेरै अनुकुल नेपालको इतिहासमा कहिल्यै नआएको भन्दैें अहिलेको सरकारले सपना बाँडेको र समृद्धिको दिशामा जान नसक्ने ठोकुवा गरे ।
आउँदै गरेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफूले हालसम्म उम्मेद्वारीको कुनै तयारी नगरेको नेता पौडेलको भनाइ थियो । पत्रकारमाझ उनले भने, ‘मेरो ध्यान उम्मेदवारीमा छैन, पार्टीलाई कसरी सुधार्ने र कसरी पार्टीलाई अगाडि बढाउने भन्नेमा केन्द्रित छ ।’ नेता पौडेलले महाधिवेशन आउने बेलासम्म उम्मेदवारी दिने नदिने विषयमा फाइनल हुने जानकारी दिए ।
पत्रकारहरुले सुजता कोइरालाको निवासमा भएको छलफलको निर्णयहरु के के हुन् ? भनेर सोधिएको प्रश्नमा वरिष्ठ नेता पौडेलले सामान्य छलफलमात्र भएको बताए ।