वामपन्थी व्यक्तित्व श्रेष्ठको कार्तिक २८ गते नागरिक अभिनन्दन गरिने

भरतपुर चितवन स्थित उद्योग वाणिज्य संघ को सभाहलमा यही कार्तिक २८ गते जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गरिने भएको छ ।
जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिले सोमबार एक पत्रकार सम्मेलन मार्फत २०७५ कार्तिक २८ गते बिहानको ११ बजे उहाँकै निवास पुल्चोक नारायणगढ बाट बाजागाजा सहितको शोभायात्रा गरिने र दिनको ठीक १२ बजे उद्योग वाणिज्य संघको सभाहलमा बृहत कार्यक्रमका बीच नागरिक अभिनन्दन गरिने जानकारी दिए ।
सरल, कम्युनिस्ट विचारधारा बोकेका एक असल र देशभक्त व्यक्ति श्रेष्ठ सानै देखि कम्युनिस्ट विचारधारा मा लागेका थिए ।

कार्तिक २८ गते जिल्लाको पुलचोकबाट सुरु हुने शोभा यात्रा उद्योग वाणिज्य संघको भवन नारायणगढमा पुगेर नागरिक अभिनन्दनमा परिणत हुने अभिनन्दन आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार जगतबहादुर श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने समारोहमा बरिष्ठ वामपन्थी व्यक्तित्व पुष्पगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहने छ ।