भरतपुरमा बसलाई अटाले ओभरट्याक गर्न खोज्दा दुर्घटना

चार जना घाईते

चितवन, कार्तिक २३

चितवनको भरतपुर महानगरपालिका–१६ मंगलपुरमा बस र अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।

आज शुक्रबार विहान भरतपुर–१६ कै कार्की चोकबाट फुर्तीचोक जाने क्रममा एकै दिशाबाट जाँदै गरेको बसलाई अटोले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ग १ ख २६३१ नम्बरको गाडीलाई ना २ ह २८५० नम्बरको अटोले ओभर ट्याक गर्न खोज्दा दुर्घटनामा परेको हो ।

दुर्घटना परेको अटो गाडी भित्र पस्दा स्थानीयले गाडी पल्टाएर घाइतेहरुलाई बाहिर निकालेका थिए । घाईते हुने अटो चालक सहित ४ जनाको चितवन मेडिकल कलेजमा उपचार हुँदैछ । वडा प्रहरी कार्यालयका अनुसार घाईते हुनेमा अटो चालक भरतपुर १६ बस्ने राम शाही, सोही वडाकी सरला सुनार, गैंडाकोट १६ की मोतिसराह विक र सोही स्थानकी वुद्दि देवि सुनार रहेका छन् ।