दुई लाख ४१ हजार ५६५ नगद सहित १९ जुवाडे पक्राउ

  जुवाडेहरुलाई मुद्दा चलाइयो ।

 चितवन , २४ कार्तिक । चितवन प्रहरीले झन्डै साँढे दुई लाख नगद सहित शुुक्रबार राती अन्दाजी २१:३० बजेको समयमा जुवाडेलाइ पुनः पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरका अनुसार शुक्रबार राती चितवनको खैरहनी नगरपालिकामा जुवा भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको सयुँक्त टोलीले खैरहनी नगरपालिका १० जीवनपुरका महादेव चौधरीको कुखुरा फर्ममा जुवातास खेल्दै गरेको अवस्थामा १९ जना जुवाडेलाइ १६ थान कौडा, १ थान तास बुक र नगद दुई लाख ४१ हजार ५ सय ६५ रुपैयाँ सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी राठौरका अनुसार खैरहनी प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको बताए । पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कार्य भइरहेको एसपी राठौरले बताए । प्रहरीले यस अगाडि बिहीबार बिहान पनि १ बजे साँढे ४ लाख सहित २३ जना जुवाडेलाइ पक्राउ गरेको थियो । यस अगाडि प्रहरीकै सेटिङ्गमा जिल्लामा करोडौंको जुवाको खेल हुन्थ्यो भने पछिल्लोपटक चितवन प्रहरीका एसपी राठौरकै सक्रियताका बाबजुद जिल्लामा दिनुहुँजसो जुवाडेहरु प्रहरी फन्दामा आइरहेका छन् । भने , जिल्ला प्रहरी प्रमुखले समेत जुवाजन्य खेलले घरवारविहीन बनाउने भएकोले यसप्रकारको खेल नखेल्न, नखेलाउन र कहिँकत्तै जुवा , कौडा भएको पाइए तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत जिल्लाबासी लाई पटकपटक अपिल गर्दै आएका छन् ।
Attachments area