वातावरणमा पटका र आतिशवाजीको नकारात्मक असर बढदैं

दिल्लीको वायु प्रदुषण अत्यन्तै खराब बन्यो

एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण असाध्यै खराब बनेको छ । विशेषरी बत्ती र पटका बढी पड्काइने पर्व दीपावलीपछि दिल्लीको वायु प्रदुषण ह्वातै खराब बनेको हो ।

दिल्ली यसै पनि पहिलेदेखि नैं विश्वका सबैभन्दा प्रदुषित शहरमध्ये एक थियो, त्यसमाथि दीपावलीमाको क्रममा भएका आतिशबाजीका कारण यो शहर झन खराब बनेको हो ।

वायुको गुणात्मकता नाप्ने सूचकांक शुक्रबार ६०० भन्दा माथि पुगेको छ । यो सूचकांक ५० भन्दा माथि हुनु हुँदैनथ्यो ।
यहि अवस्थालाई मध्येनजर गर्दै सर्वोच्च अदालतले दुई घण्टा मात्रै आतिवाशी गर्न भनेको थियो । तर त्यसको पलाना भएन । अघिल्ला वर्षजस्तै यस वर्ष पनि पटकाको बिक्रीमा कमी ल्याउने प्रयास पनि भयो ।
यसका बाबजुद दिल्लीसहित हरियाणा, पञ्जाब तथा उत्तर प्रदेशमा वायु प्रदुषण अत्याधिक बढेको जनाईएको छ । दीपावलीको क्रममा वायु प्रदुषण बढेको र वायुमा केही खतरनाक तत्व तीव्र रुपमा बढेको छ ।
वायुको खराब गुणस्तरका लागि आतिशवाजी मात्रै नभएर अरु कारण पनि जिम्मेवार रहेको बताइएको छ । दिल्लीमा अक्टोबरदेखि डिसेम्बरसम्म वायु प्रदुषणको स्तर निकै बढी हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको विश्वका सबै भन्दा प्रदुषित २० शहरको सूचिमा दिल्लीसहित भारतका ९ शहर परेका छन् । मानव स्वास्थ्यका लागि निकै घातक मानिने पिएमको स्तर यी शहरमा २.५ रहेको छ ।
यो समयमा दिल्लीसहित उत्तर भारतका धेरै शहरमा वायु प्रदुषण बढ्नुका कारण दीपावलीको आतिशवाजीसँगै अरु कारण पनि छन् । यसमा पञ्जाब तथा हरियाणाका किसानले धानको पराल जलाउनु, सवारी साधानबाट हुने उत्सर्जन, दिल्लीमा भइरहेको निर्माण कार्य तथा मौसमी बदलाव रहेका छन् ।

तर अरु कारणलाई सबैभन्दा बढी घातक हुने गरी फैलाउने कारकको रुपमा दीपावलीको आतिशवाजी रहेको पछिल्ला अध्ययनले देखाएका छन् ।

पटका तथा आतिशवाजीका कारण वायुमा घातक मानिएका पिएम १०, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, आइरन, म्यागजिन, बेरिलियम, निकेल सहितका तत्व बढाउने गरेका छन् ।