दुई लाख नगद सहित २३ जुवाडे  प्रहरी फन्दामा


चितवन , २२ कार्तिक । चितवन प्रहरीले कौडा खेलिरहको अवस्थामा झन्डै दुई लाख नगद सहित २३ जुवाडे लाई आज बिहानै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको विशेष टोलीले कौडा खेलिरहेको अवस्थामा बिहीबार बिहान करिब १ बजेको समयमा भरतपुर महानगरपालिका १६ शरणपुरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको हो । उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र १ लाख ४९ हजार ६ सय ८५ रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । त्यस्तै, सोही समयमा इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरीको विशेष टोलीले भरतपुर महानगरपालिका १५ फुलवारी स्थित कमल पोखरीबाट कौडा खेलिरहेका ४ जनालाई समेत पक्राउ गरेकोे छ । उनीहरुको साथबाट प्रहरीले १६ थान कौडा र ३ लाख ६ हजार २ सय ६५ रुपैयाँ नगद समेत बरामद गरेको एसपी राठौरले बताउनुभयो । पक्राउ परेका निजहरु उपर मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भइरहेको राठौरको थप भनाइ थियो । एसपी राठौरले चितवनमा जिम्मेवारी सम्हाले संगै जेठ ४ गतेदेखि जिल्लालाई शान्त, सुरक्षित र भयरहित समाजको परिकल्पा गर्ने उद्देश्यका साथ थ्रीएस अप्रेसनको सुरुवात गरिएको थियो । जुन उदेश्य अन्तर्गत जुवा पनि एक थियो । पछिल्लो समय जिल्लामा जुवा अखडामाथि चितवन प्रहरी आक्रमक हुन थालेपछि लुकिछिपी जुवा खेल हुने गरेको थियो । जहाँ प्रहरी चनाखो हुँदा र सुरक्षामा कडाइ गर्दा जुवाडेहरु भटाभट नियन्त्रणमा आउन थालेको छ । जुवातास खेल्नु र खेलाउनु कानून विपरीत कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय चितवनले पटकपटक अनुरोध गर्दै आएपनि जुवाडेको जुव खेल्ने कुलत अझै संघर्षरत नै छ । साथै कहीँ कतै जुवातास खेलिरहेको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत चितवन प्रहरीले अनुरोध गरेको छ ।