तिहारमा पटका पड्काउन नपाइने, देउँसीभैलो राती १० बजेसम्म मात्र

चितवन, कार्तिक ११–

जिल्ला प्रशासन कार्यालय चितवनले नजिकिदै गरेको नेपालीहरुको दोश्रो ठूलो चाड ‘तिहार’ र छठ पर्वलाई मर्या्दित, अनुशासित र हर्षोल्लासका साथ मनाउन आम सर्बसाधरणमा सार्बजनिक अपिल गरेको छ ।

आज (आइतबार) एक सार्वजनिक अपिल जारी गर्दै चितवन प्रशासनले तिहारमा पटका पड्काउन नपाइने, देउँसीभैलो राती १० बजेसम्म मात्र खेल्नुपर्ने भन्दैं कडाई गरेको हो । प्रशासनले तिहार र छठमा कुनैपनि अतिसबाजी, पटका, भुईचम्पालगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण,विक्री वितरण र नपडकाउन सबैमा आग्रह गरेको छ ।
यस्तै तिहारको देउँसी भैलो कार्यक्रम राती १० बजेसम्म मात्र गर्न पाईने चितवन प्रशासनले जनाएको छ ।

त्यसैगरी चाडबाडको बेला लोकमार्गका लाइन होटेल बाहेक अन्य होटेल र रात्री मनोरञ्जन व्यवसाय राती १० बजे बन्द गरी सक्न पनि चितवन प्रशासनले आह्वान गरेको छ ।

जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायत जुवाजन्य खेल नखेल्न र नखेलाउन, मदिरा र मदिराजन्य वस्तुको विक्री वितरण राती ९ बजेसम्म मात्र नियमानुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्ने, स्वीकृति विना चिठ्ठा, उपहारलगायत कार्यक्रम संचालन नगर्ने, मेला÷महोत्सव, प्रदर्शनी आयोजना गर्दा, पूर्व स्वीकृति लिई तोकिएका सर्तहरु पालना गरी मात्रै संचालन गर्ने, होटल, किराना पसल, लगायतका व्यापारिक प्रतिष्ठानहरुले अनिवार्य रुपमा मूल्य सूची राख्न समेत चितवन प्रशासनले सार्वजनिक आह्वान गरेको छ ।