नेकपा चितवनको चियापान आज १ बजेबाट

हजारौलाई निम्तो

चितवन,कार्तिक ११(

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले आज (आइतवार) चियापान कार्यक्रमको आयोजना गरेको छ । विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रममा नेकपा चितवनले ५ हजार भन्दा बढीलाई निम्तो गरेको छ ।
नेकपा चितवनका नेता तेजेन्द्र खड्काले पार्टीका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दल, नागरिक समाज,सर्वसााधरणलाई निमन्त्रणा गरेको जानकारी दिए । भरतपुर हाकिम चोकको होटल स्टार ब्याङकेटमा अपराह्न १ बजेदेखि आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’,महासचिव विष्णु पौडेल,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ,प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल,मन्त्री दावा लामा,नेकपा नेता अमिक सेरचन,सुरेन्द्र पाण्डे,प्रतिनिधी तथा राष्ट्रिय सभाका साँसद,प्रदेशका मन्त्री तथा साँसद र विभिन्न स्थानिय तहका प्रमुखहरुको सहभागिता हुँदै छ ।