विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाइयो

चितवन, २५ असोज । विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाईएको छ । जिल््ला प्रहरी कार्यालय चितवनले विबिध कार्यक्रम गरी ६३औँ प्रहरी दिवस मनाएको छ । प्रहरी संगठन स्थापनाको अवसर पारेर चितवनमा प्रहरी दिवस मनाइएको हो ।
प्रहरी दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रमका वक्ताहरुले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध भएमा मात्रै समाजमा शान्ति सुरक्षा स्थापना गर्न सकिने कुरामा जोड दिएका छन् । नागरिक र प्रहरीबीच हातेमालो गर्दै समाजबाट विकृति हटाउन लागीपर्नुपर्ने उनीहरुको भनाई थियो । चितवन देशको केन्द्रभागमा भएका कारण देशैभरी हुने अपराधिक घटनाहरु चितवनमा समेत हुने गरेकाले यस्ता घटनाहरु निस्तेज पार्न प्रहरी सफल हुनुको पछाडि स्थानीयको साथ र सहयोग महत्वपूर्ण भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताएका छन् ।
जिल्लामा रहेर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी तथा नागरिक समाजका अगुवाहरुलाई प्रहरी दिवसको अवसर पारेर बिहीबार सम्मान समेत गरिएको छ ।