मिलेमतोमै राष्ट्रको करोडौको राजस्व स्वाहा !

अबैध कपाडाको धन्दा गर्ने गुप्ताको अगाडी राज्यसंयन्त्र किन निरिह ?

चितवन । चितवनका केही ठुला पसलहरुले करोडौ राजस्व छली गरिरहेको खुलनमा आएको छ । भण्डाफोरलाई भन्सारबाट प्राप्त केही सुचना र गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका आदादर्जन जति ठुला पसले र आयतकर्ताहरुले करोडौंको राजस्व छली गरेको पाईएको हो । यसरी ति आयतकर्ता र पसलेहरुले न्युन बिजीकीकरण र कम सामान देखाई भन्सारमा मिलेमतोमै करोडौंको राजस्व छली गरेको पाईएको हो । त्यस्तै कतिपय आयतकर्ता र पसलेहरुले रातको समयमा अन्य खुल्ला स्थानबाट क्यारिङ्ग गराई पोका पोका बनाई नेपाल तर्फ रहेको गोदाममा लुकाई छिपाई राखी नारायण्गढसम्म सामान ल्याउने गरेको पाईएको छ । त्यस्तै कतिपयले २०। २५ जना भरिया नै लगाई भन्सारबाट नारायणगढसम्म पोका ल्याउने गरेको पाईएको छ । त्यस्ता पोकाहरु कतिपय प्रहरी चौंकी र प्रहरीका माथिल्ला हाकिमहरुसँगको सेटिङ्गमा निवार्द रुपमा यँहासम्म आउने गरेको पाईएको छ । त्यस्ता पोकाहरु नारायणगढ, विरगंज चल्ने गाडीहरुमा राती १० बजेपछी बिहान ५ बजेसम्म आउने गरेको पाईएको छ । विशेष गरी कपडाको पोकाहरु यसरी आउने गरेको छ । अबैध त्यस्ता कपडाका पोकाहरु नारायणगढको शहिदचोकमा रहेको रामकुमार गुप्ताको रामकुमार पसलको रहेको श्रोतको दावी रहेको छ । गुप्ता सँगै नारायणगढमै रहेका अन्य तिन ठुला कपडा पसलले समेत अबैध कपडाको कारोबार गरिरहेको बुझिएको छ । श्रोतका अनुसार ति पसलेहरुले नारायणगढमा रहेको पशुपति टान्सपोर्टबाट अबैध सामानको ओसारपोसार गर्ने गरेको खुल्नमा आएको छ । पशुपतिका साथै अन्य केही टान्सपोर्टबाट समेत तस्करीका समान ओसारपोसार हुने गरेको खुल्नमा आएको छ । टान्सपोर्टका सञ्चालकहरुले प्रहरी समेत मिलाउने भएकाले ब्यापारीहरुलाई भन्सार छल्न सहयोग पुगेको देखिन्छ । यसरी भन्सारमा कम मुल्यांकन गराई ल्याईएका तथा चोरी छिपाई भन्सार छली गरी ल्याईएका समानहरुको भ्याट विल समेत नकाटी भ्याटमा समेत छली हुने गरेको पाईएको छ । गुप्ताको पसलले मात्र एक सिजनमा करोडौको भ्याट छली गर्ने गरेको गुप्ताबाट सामान लिने गरेका एक खुद्रा ब्यापारीले जानकारी दिएका छन् । उनका अनुसार आफुहरुलाई गुप्ताले जहिलेपनि सादा कागजमा या ईस्टिमेट विल दिने गरेको र भ्याटविल माग्दा सामान महङ्गो पर्ने भन्दै उनले बिल नदिने गरेको बताए । गुप्ताले भन्सार भ्याट छली गरेको विषयमा सम्बन्धित निकायलाई थाहा नभएको होईन तर किन गुप्तालाई कार्बाही हुन सक्दैन् ? नारायणगढकै एक खुद्रा व्यापारीले भने । गुप्तालाई काबार्ही हुदैन, भईहालेपनि सामान्य रुपमा हुन्छ उनले भने । अबौको लुटनेले करोड जरिवाना र हाकिमहरुलाई केही नजराना तिर्छ उसलाई त् फाईदै हुन्छ नी, त्यस्तै करोडौंको राजस्व छल्नेले लाखौं तिर्दा उसलाई के फरक पर्छ र ? घाटा त् राष्ट्रलाई हुने हो । यसरी गुप्ता र उनीजस्ता एकाध कालाब्यापारीको अगाडी राज्यसंयन्त्र किन यति धेरै निरिह छन ? के गुप्ताको पहँुच वा पैसाको अगाडी राज्यसंयन्त्र निरिह भएकै हो त् ? हैन भने खै त् गुप्ताको खुल्ला र गोप्य गोदाममा खानतलासी गरी बैध बाहेकका सामान उठाउने आाट छ त ? राजस्व कार्यलय, राजस्व अनुसन्धान विभाग अनि करनियामक अन्य निकायसँग छैन भने अन्य सानालाई किन दुख दिईरहने ? स्मरण रहोस गुप्ताले भारतीय दुतावास मार्फत सेटिङ्ग मिलाउने गरेको कारण उनलाई नियामक निकायले कडा कार्बाही गर्न नसकेको बुझिएको छ । गुप्ताको नागरिक्ता समेत विबादमा पर्दा झण्डै नारायण्गढका तत्कालनि एक ब्यापारी प्रहरी खोरमा पुगेका थिए ।
आजको भण्डाफोर अभियान साप्ताहिकबाट