पुर्बिचितवनमा नियमित जुवाखाल,प्रहरी भने बेखबर


चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुसिलसिंह राठोर जिल्लामा आएसगैं चितवनका जुवाडेहरुको निदहरण हुन गयो । पहिला प्रहरी संरक्षणमै चलेका प्राय ः सबै जुवाखालहरु बन्द भए । जुवाडेहरुको भागाभाग नै भयो । यतिसम्मकी अघिल्ला एसपीलाई झै रकमको बार्गेनिङ्ग गर्न एक जुवाडे उनलाई रकम नै दिन एसपीको कार्य कक्षमै गए । तर एसपी राठोरले उनलाई उल्टै पक्रउ गरी कार्बाही गरे । यसरी एसपी राठोर जिल्लामा आएसँगै जुवाडेमात्र होईन तस्करहरु र अन्य अबैध धन्धा गर्नेहरुको समेत सातोपुत्लो उडेको छ । अबैधधन्दालाई संरक्षण गर्दै उनीहरुबाट सञ्चालित कतियय ब्यक्तिहरु एसपी राठोरलाई चितवनबाट हटाउनुप¥यो भन्दै काठमाण्डौंसम्म धाएको सुचना पनि चुहिन पुग्यो । एसपी राठोर भने झन तस्करहरु र जुवाडेहरुको बिरुद्धमा कार्बाहीमा उत्रिरहे । एसपी राठोरले जुन अडान लिई आफ्नो जिम्बेबारीलाई निभाएका छन् । त्यो ७७ओटै जिल्ला प्रहरी प्रमुख र प्रहरीका माथिल्ला हाकिम एंव तल्ला अधिकृत र जवानहरुले अपनाउने हो भने देशभर अपराध, तस्करी र अबैध धन्दा बन्द हुने चितवनका स्थानियहरुको आम बुझाई छ । तर प्रहरीरुकै मिलेमतो र सेटिङ्गमा चितवनमा अहिलेपनि जुवाखाल, तस्करी र अन्य अबैध धनदाहरु मौलाईरहेको जनगुनासो बढीरहेकै छ । बिशेष गरी प्रदेश प्रहरीको नाममा जिल्लामा उठन्ते टोलीहरुले अबैध धन्दा गर्नेहरुसँग साठँगाठ गरेको जनगुनासो आईरहेको छ । त्यस्तै स्थानीय प्रहरी चौकी र केही प्रहरीहरुसँगको सेटिङ्गमा चितवनमा अहिलेपनि जुवाखाल, तस्करी र अबैध धन्दा भित्रभित्रै मौलाउदैं गईरहेको पाईएको छ ।
भण्डाफोरलाई प्राप्त गोप्य श्रोतको जानकारी अनुसार पुर्बी चितवनका विभिन्न स्थानहरुमा अहिलेपनि जुवाखाल सञ्चालनमा आईरहेको पाईएको हो । ति स्थानमा सञ्चालित जुवाखालबारे जिल्ला प्रहरीले भने भेउसम्म नपाएको समेत बुझिएको छ । चितवनको नारायण्गढ भरतपुर क्षेत्रमा जुवा खाल बन्द भएपछी तिनै जुवाडेहरु र केही पुर्बि चितवनका साथै केही अन्य जिल्लाका जुवाडेहरु अहिले पुर्बि चितवनको कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिका का विभिन्न स्थानमा जुवा खेल्ने गरेको पाईएको हो । केही महिना अघिसम्म भरतपुरको थकाली भान्छाघर र नारायणगढकै विभिन्न स्थानमा खुलमखुल्ला जुवा खाल सञ्चालन गर्ने जुवाडेहरु जिल्लामा एसपी राठोरको आगमनसँगै केही समय बाहिरी जिल्लाहरुमा जुवाखेलेपनि अहिले फेरी जिल्लामै स्थान परिर्वतन गर्दै कांैडा खेल खेलाईरहेको खुल्नमा आएको छ । गत महिना नवलपुरको गैडाकोट नगरपालिकाको टोलटोलेबाट चितवनका जुवाडेहरु पक्राउपरेपछी अहिले उनीहरु जिल्ला मै जुवा खेलीरहेको पाईएको हो । एक गोप्य श्रोतका अनुसार पुर्बि चितवनको खोलेसिमलका राम थापा र तनहँु देवघाट गाँउपालिका देबपुरका दोङ्ग भन्ने ब्यक्तिले खोलेसिमल, पदमपुर, जुटपानी, न्युरेनी, शक्तिखोर लगाएतका स्थानमा प्रत्येक दिन फरक फरक स्थानमा जुवा खेलाईरहेका छन् । त्यस्तै जुवाडेहरुको अर्को समुह पुर्बि चितवनकैं टाँडी, पर्सा, सौराहा, भण्डारा र लोथरसम्म जुवा खेलीईरहेको श्रोतको दाबी छ । श्रोतका अनुसार जुवाडेको त्यो समूह भण्डाराको चौंकीडाँडा स्थित डाँडागाँउ, भण्डाराकै ए वन कटेज, पर्साको एस.के. बेकरी,खैहरनीको राईचोकको एक घर, मगनीको एक घर, पर्सा स्थित पिताम्बरको पोल्टीफर्म नजिक रहेको अर्को एक घरमा रोटेशनमा जुवा खेलाउने गरेको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार स्थानिय प्रहरी चौंकीसँगको सेटिङ्गमा जुवाडेहरु सल्बलाईरहेका हुन् । प्रहरीका चल्तापुर्ता स्थानिय एकाध ब्यक्तिलाई पैसाको प्रलोभनमा पारी उनीहरुकै सुचना र सहयोगमा निर्वाद जुवाखाल सञ्चालन भईरहेकोले जिल्लाबाट जाने टोली पुग्नुअघि नैं जुवाडेहरु भाग्नेगरेको श्रोतको दावी छ । त्यस्तै जुवाडेहरुले केही अन्य युवाहरुको टोली नै बनाई को आँउछ को जान्छ हेर्न लगाउने गरेको पाईएको छ । यसरी जिल्लामा जिल्ला प्रहरीको कार्बाही पछी अत्तालिएका जुवाडेहरु पुर्बी चितवनका विभिन्न स्थानमा ठाँउ परिर्वतन गर्दै रातको समयमा जुवाखाल सञ्चालन गर्दै आईरहेको खुल्नमा आएको छ । उनीहरुले सञ्चालन गर्ने जुवाखालमा एकै खेलमा पचास लाखदेखि करोडसम्मकै खेल हुने गरेको पनि बुझिएको छ । यसैविच जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षक सुसिल सिहं राठोरसँग यस विषयमा बुझ्दा उनले भने अब भागी भागी, दैनिक ठाँउ परिर्वतन गर्दै रातको समयमा गाँउठाँउ र जंगल जंगलमा लुकी लुकी खेल्ने अवस्थामा जुवाडेहरु पुग्नु नै चितवन प्रहरीको सफलता हो भन्दै उनिहरुलाई त्याहाबाट पनि भगाउन प्रहरी सक्रिय रहेको बताए । साथै कुनेपनि प्रहरीले जुवाडेहरुलाई सघाएको पाईएमा उनीहरुलाई समेत काबाही गर्ने जानकारी दिए ।
आजको भण्डाफोर अभियान साप्ताहिकबाट