चितवनका एसपी राठौर आक्रमक बन्दै, बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई अन द स्पोर्ट् पक्राउ गर्न सफल ।

चितवन , २३ असोज । चितवनमा प्रहरी प्रमुख भइ आउन धेरैको सोर्सफोर्स चाहिन्छ अनि त्यस्ता प्रहरी प्रमुख कम मात्रामा आउन्छन् जो अवसरमा बदल्ने होस् । भनसुन , राजनीति नोकर चाकर गरेर ठुलो मात्रामा पैसा खर्च गरेर चितवन प्रहरी प्रमुख बन्न अधिकांश प्रहरी अधिकृतहरूको दौडधुप नै हुने गर्छ । चितवनको प्रहरी प्रमुखमा भनसुन गरेर आउन काभ्रेका एसपी रबिराज खड्काले धेरै मिहेनत गरे तर, त्यस्मा रोल्पाली सुशील सिंह राठौरको अगाडि उनको केही लागेन र राठौरले नै अन्त स् बाजी मारे । काम भन्दा पनि कसरी आर्थिक कलेक्सन गर्न सकिन्छ भन्नेमा यहाँका अधिकांश प्रहरी नतमस्तक हुन्छन् यो कुनै नौलो कुरो होईन । इमान्दारीताको खोल ओडी संगठन बिपरित गतिविधिमा अग्रसर भइ सारालाइ दुस्ख दिने कार्य चितवनमा बिगतका दिनहरुमा समेत हुँदै आएको कुरा यसअघि नै बिभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुमा खबर सार्वजनिक भएको थियो । तर, अहिलेको अवस्था पृथक रह्यो । जब चितवनमा रोल्पाली एसपी राठौरले प्रवेश पाए तबदेखी यहाँका गुण्डाहरु पलायन भएका छन् भने गैरकानुनी गतिविधिमा संलग्न मानिसहरूको भागाभाग नै मच्चिएको छ । घुस्याहा प्रहरीको सात्तो नै गएको छ । अपराधी गतिविधिमा समेत ह्वात्तै कमि आएको प्रहरीकै प्रतिबेदनले स्पष्ट पार्दछ । समाजमा हुने झैंझगडा, घरेलुु मदिराको बिक्रीवितरण, गुण्डागर्दी, तस्करी, हत्याहिंसा, जुवातास, बेश्याबृती लगायत अधिकांश घट्नामा कमि आएको एसपी सुुुशील सिंह राठौर बताउँछन् । एसपी राठौर त्यस्ता पात्र हुन् जसलाई चितवनबासीले इमान्दार प्रहरी अधिकृतका रूपमा मात्रै लिदैनन् कि छोटो समयमै उनले गरेको लोकप्रिय कार्यले यहाँका नागरिकलाई प्रफुलित बनाएको छ । एसपी राठौरले चितवनका जनताको मन त्यतिबेला जीते जुन बेला उनलाई प्रलोभनमा पारी जुवातास खेलाउन सहयोग गरिदिन उनैको कार्यकक्षमा आएका थिए, चितवन भरतपुर महानगरपालिकाका बर्ष ४१ को बोध बहादुर पौडेल । घुस भनेपछि आक्रमक हुने एसपी राठौरलाई पौडेलले जुवा खेलाउन दिए हप्ताको एक लाख रुपैयाँ दिनेसम्म बताएका रहेछन् । स्रोतले भन्योस् तर, राठौरले आफ्नु जिद्दी छोडेनन् , अड्डि कसे र भने घुस लिने र दिने दुबै अपराधी हुन् अनि उनलाई प्रलोभनमा पार्ने भन्दै मुद्दा दर्ता गरि कार्वाही प्रक्रियालाई अघि नै बढाए । हो, चितवनमा एसपी राठौरले शान्तिसुरक्षामा कुनै कमि आउन नदिन पुराना घुमुवालाइ हटाइ नयाँ घुमुवा परिचालन गरेका छन् नै मातहतलाइ समेत आर्थिक कलेक्सनमा नलाग्न , आफ्नु युनिटहरुको बारम्बार निगरानी गर्न र गराउन साथै जनताको सिकायत आउन नदिन बारम्बार बिफ्रीङ्ग र निर्देशन दिने काम हुँदै आएको बताइएको छ ।

बेहोस बनाइ लुटपाट गर्ने दुई जना पक्राउ ।

बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं।२ घर भई हाल तनहुँ जिल्ला देवघाटमा डेरा गरी बस्ने बर्ष ४९ को हरी गोले र कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं।६ बस्ने वर्ष ५६ को गोपाल भन्ने कालु परियार रहेका छन् । पक्राउ परेकाहरुले गत शुक्रबार राती चितवनको माडी नगरपालिका वडा नं।६ कल्याणपुर वडा कार्यालय नजिक नामथर वतन नखुलेका पहाडे मुलका एक महिला र एक पुरुषलाइ दिनभरी नै गाउँमा अमिलो बेच्ने बहानामा लुट्न लगाएका थिए । माडीमा रातको समयमा स्थानीय भीमबहादुर सुनारको घरमा गई बास मागी निजकी आमा मायाँकुमारी सुनार र श्रीमती अनिशा सुनार तथा निजकै वर्ष ४ की छोरीसहित सब परिवारलाई पेय पदार्थ आँपको जुसमा बेहोस हुने औषध मिसाइ खुवाएर बेहोस बनाइ घरमा रहेको करिब १५ तोला सुनका गरगहना, दुई थान मोबाइल सेट लुटेर उक्त स्थानबाट भागी फरार भएका थिए । भोलिपल्ट बिहान घरका मानिसहरु नउठेपछि स्थानियवासीले उक्त घटनाको बारेमा थाहा पाई इलाका प्रहरी कार्यालय माडीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लगत्तै इलाका प्रहरी कार्यालय माडीले तत्कालै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि तत्काल अनुसन्धानको लागि प्रहरी निरीक्षक युवराज तिमल्सिनाको कमाण्डमा विशेष अनुसन्धान टोली गठन गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको थियो । बेहोस अवस्थामा रहेका आमा र श्रीमतीलाई तत्कालै उपचारको लागी स्थानीय अस्पतालमा लगिएकोमा थप उपचारको लागी पुनः सेन्ट्रल अस्पताल भरतपुरमा ल्याई आईसीयूमा राखी उपचार गराइएको प्रहरीले जनाएको छ । ११ दिनको उपचार पश्चात समेत निजको आमा हालसम्म अर्धबेहोस अवस्थामा रहेकी छिन् भने ५ दिनको उपचार पश्चात श्रीमतीको अवस्था अहिले सामान्य भई घर फर्किसकेका छन् । गोलेलाई प्राविधिक अनुसन्धानको आधारमा गत, शुक्रबार बिहान आँपटारीबाट र गोलेलाई लुटपाटको लागि प्रयोग गरिने औषधि, इन्जेक्सन, टर्च, जुससहितको बोतलसहित शुक्रबार बेलुका बुटवल बसपार्कबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । नारायणगढ माडी चल्ने सवारीका चालकहरुबाट म्यानुअल अनुसन्धान तथा पिडितहरुबाट लुटिएको मोबाइलहरुबाट प्राविधिक अनुसन्धान सुरु गरेर उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माडी घटनामा निज अभियुक्तहरुले लुटपाट गरेको सुन दुई लाख ८० हजारमा बिक्री गरी प्राप्त रकम दामासाहीमा बाँडफाँड गरेको भन्ने खुल्न आएको, उक्त सुन कहाँ कसलाई बिक्री गरेको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५६ वर्षीय कालु परियारले बेहोस बनाउने भनिएको औषधि एटिभन भारत नौतुनवा गोरखपुरबाट खरिद गरी ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । १५ वर्ष पहिला गोरखपुर भारतमा होटलमा काम गर्दा एक जनाभारतीय नागरिकबाट यस्तो अपराध गर्न सिकेको उनले बताएका छन् । उनले सुर्खेत, नेपालगञ्ज र बुटवलबाट हजारौ रुपैयाँ लुटपाट गरेको खुल्न आएको छ । पोखरा बसपार्कको होटलमा बसी सो रकम मध्ये कालु परियारले एक लाख लिई बाँकी रकम हरि गोले र महिला लाई बाँडेको भेटिएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुर अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको चितवनका एसपी सुशील सिंह राठौरले बताए । यता, एसपी राठौरले आफुले कार्यभार सम्हाले पछि जिल्लामा यो पहिलो पटक घट्ना भएको बताएका छन् । साथै, उनले ‘साँझको समयमा घरमा बास मागेर परिवारका सम्पूर्ण सदस्यहरुलाई नै बेहोस हुने गरी लुटपाट गरिनुले प्रहरीलाई पनि नयाँ शिक्षा भएको उल्लेख गर्दै अनजान मान्छेलाई बाँस बस्न नदिन , अप्ठ्यारो परे वा अनावश्यक रूपमा दुस्ख दिए तत्कालै नजीकैको प्रहरी युनिटलसी खबर गर्न साथै, बाँस वा घर डेरामा कसै अनजान ब्यक्तिलाई तीन पुस्ते बिवरण लिएर र सकेसम्म स्रोत खुल्न सक्ने बिवरण समेत राखी दिन सबैमा उनले आग्रह समेत गरेका छन् ।’