अप्रेसन गरेको पाँच घण्टामै सुत्केरीको ज्यान गयो

 बच्चा भने सकुशल

चितवन , १७ असोज । चितवनको भरतपुर अस्पतालमा मंगलबार एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी अरुणखोलाकी अन्दाजी बर्ष ३० को तुलसी मगर रहेको अस्पतालले जनाएको छ । उनको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीका अनुसार सोमवार बेलुका १० बजे सुत्केरी भएकी तुलसीको पल्मोनरी थोन्वोएम्वोलिजमको समस्या देखिएको र तत्कालै आइसियूको भेन्टिलेटर राखेर उपचार गरिएपनि बचाउन नसकिएको बताए । उनका अनुसार यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती , क्यान्सर लगायतको रोगका विरामीलाई देखिने गरेको छ । सुत्केरीलाई समस्या देखिएको पाँच घण्टापछि अप्रेसनका क्रममा मृत्यु भएको उनले जानकारी दिए । सुुुत्केरीको मृत्यु भए पनि बच्चा भने शकुसल रहेको डा। अधिकारीले बताए ।