आजदेखि तीन दिनसम्म बजाजको महा एक्सचेन्ज मेला


चितवन
हंसराज हुलासचन्द एण्ड कम्पनीले राजधानी बाहिर पहिलो पटक चितवनमा बजाज महा एक्सचेन्ज मेला गर्न लागेको छ । आजअसोज १७ गते बुधबारदेखि तीन दिनसम्म भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनलमा महा एक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको मंगलबार नारायणढमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
चितवनमा रहेका बजाज कम्पनीका आधिकारिक बिक्रेताहरु नारायणी मोटर्स नारायणगढ, एन के मोटर्स भरतपुर, निशास मोटर्स टाँडी र आशिर्वाद मोटरसाइकल पर्साको संयुक्त आयोजनामा महा एक्सचेन्ज मेलाको आयोजना गर्न लागिएको हो ।

मेलाका अवसरमा मेला परिसरमा बजाज कम्पनीका नयाँ मोटरसाइलकको टेस्ट ड्राइभ, जुनसुकै कम्पनीको मोटरसाइलकसँग बजाज कम्पनीको मोटरसाइकल साटफेर गरिने हंसराज हुलासचन्द एण्ड कम्पनीका सेल्स म्यानेजर श्रीधर भण्डारीले बताए । नेपालीहरुको महान चाड दसैँलाई लक्षित गरेर आयोजना गरिएको सो मेलामा प्रवेश गर्नेहरुमध्येबाट लक्की ड्र मार्फत प्रत्येक दिन एक जनालाई आकर्षक पुरस्कार प्रदान गरिने नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए । त्यस्तै टेस्ट ड्राइभ गर्नेहरुलाई समेत मायाको चिनो प्रदान गरिने चुकेले बताए । मेलामा पुरानो मोटरसाइकको उचित मूल्यांकन गरि ४० प्रतिशत भुक्तानी गरेर नयाँ बजाजको मोटरसाइलक लिएर जान सकिने चुकेको भनाइ थियो ।
मेलामा मोटरसाइकल खरिद गर्ने व्यक्तिले डिस्कभर ब्राण्डको मोटरसाइलक २० हजार रुपैयाँ मात्रै तिरेर बाँकी फाइनान्समा प्राप्न गर्न सक्ने तथा सञ्चार माध्यम र पत्रकारहरुको लागि मोटरसाइकल खरिदमा कम्पनीले विशेष छुट प्रदान गर्ने जनाएको छ । मेला अवधिभरी विविध सांस्कृतिक कार्यक्रम गरिने एन के मोटर्सका सञ्चालक निर्मल कंडेलले बताए । नेपालमा बिक्री हुने मोटरसाइकल मध्ये बजाज कम्पनीको सबैभन्दा बढी बिक्री हुने गरेको छ ।
बजाजका मोटरसाइकलहरु नेपालमा वर्सेनि ९० हजार भन्दा बढी बिक्री हुने गरेको उल्लेख गर्दै सेल्स म्यानेजर भण्डारीले बजाजको एक सय ५० सिसिको पल्सर मोटरसाइकल बढी बिक्री हुने गरेको जानकारी दिए ।