१२ महिनाको बाच्छीले दुध दिन थालेपछि …

चितवन , १६ असोज । झट्ट सुन्दा अनौठो लाग्न सक्छ होला ? १२ महिनाको बाच्छीले दुध दिन थाल्छ भनेर तर, यथार्थ बास्तबिकता नै यहीँ हो । पुर्वी चितवनको खैरहनी नगरपालिका १० शान्तिबजार बस्ने राम शरण दाहालले पालेको बाच्छी अहिले १२ महिना पुरा भयो । सोही बाच्छीले सवैलार्ई अचम्मित पार्दै एक छाकमा डेढ लिटर सम्म दुध दिईरहेको छ । बाच्छीले दुध दिन थालेपछि दाहाल परिवार मात्रै नभई अहिले गाउँले नै अचम्मित हुन थालेका छन् । करिव एक महिना अघिदेखी थुनबाट दुध बग्न थालेपनि गएको तीन दिनदेखी दुध दुन थालेको कृषक दाहालले बताउँछन् । १२ महिनाको नव्याएको बाच्छीले अहिले विहान बेलुका नै दुध दिईरहेको उनी सुनाउछन् । पशु चिकित्सकको सल्लाहामा दुध दुहुन थालिएको उनले बताए । “बच्चा नै नजन्माई दुध आउन थालेपछि सबै चकित भएका छौ” दाहालले भने । दुध दुहुदा बाच्छीले कुनै प्रतिक्रिया नजनाउने उनले बताए । “पहिलो बेतको गाईको दुध दुदा लात्तीले हान्ने चल्ने गर्छ तर, यो बाच्छीले शान्तसंग दुध दिईरहेको छ” दाहालले भने ।