शुल्क वृद्धि फिर्ता लिन क्रान्तिकारीको माग ।

चितवन , १६ असोज । अभिभावकको ढाँड सेक्ने गरी शुल्क बृद्धि गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ९क्रान्तिकारी०ले विरोध जनाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै बालकुमारी कलेजले मनपरी ढंगले शुल्क वृद्धि गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । कलेजले आफ्नो मनोमानी ढंगबाट गरिएको शुल्क बृद्धि आफुहरुलाई मान्य नहुने भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ,“बालकुमारी कलेजमा विद्यार्थीहरुको ढाँड सेक्ने गरि अवैज्ञनिक ढंगबाट बिएचएम शुल्क बृद्धि गरिएको प्रति हाम्रो संगठनको ध्यानाकर्षण भएको छ ।” साथै शुल्क बृद्धि फिर्ता नलिएमा कडा संघर्षमा उत्रिने चेतावनी समेत दिइएको छ ।