ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 

चितवन , १६ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिका वर्डा नम्बर दुई टाँडी चोकमा गएराती करिब एक बजे ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार भण्डाराबाट नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख ३१२२ नम्बरको ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको ना ३२ प ५०६१ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा खैरहनी नगरपालिका वर्डा नम्बर एक बस्ने बर्ष ३५ को सुरज चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भइ उपचारका लागी भरतपुर तर्फ ल्याउदै गर्दा चौधरीको बाटो मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनको समाचार कक्षले बताएको छ ।