हृदयघातबाट ज्यान गुमाएका परियारका परिवारलाई आर्थिक सहयोग ।

 


चितवन , १४ असोज । हृदयधातबाट ज्यान गुमाउन पुगेका भरतपुर महानगरपालिका ४ बस्ने हरि परियारको परिवारलाई प्रवासी नेपालीले आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएको छ । चितवन सेवा समाज वहराइनको पहलमा संकलन गरिएको रकम स्वर्गिय हरि परियारको परिवारलाई आज हस्तान्तरण गरिएको हो । विगत १४ महिनादेखी बहराइनको नास मेकानिकल कम्पनीमा काम गर्दै आएका परियारको २०१८ जुलाई १८ गते हृदयघातका कारण मृत्यु भएको थियो । उनको शव चितवन सेवा समाज बहराइनको सहयोगमा नेपाल ल्याइएको हो । आर्थिक अवस्था निकै कमजोर भएका हरी परियारको परिवारलाई नेपाल लाईफ इन्स्योरेन्सबाट विमा वापतको रकम १४ लाख रुपैयाँका साथसाथै , बैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट ७ लाख, स्वर्गिय हरी परियार कार्यरत कम्पनीबाट ५ लाख १५ हजार ३ सय ७४, र चितवन सेवा समाज बहराइनबाट १ लाख ८३ हजार ५६ गरी जम्मा २७ लाख ९८ हजार ४ सय ३० रुपैंया संकलन गरिएको हो । संकलित उक्त रकम मध्य आज एक कार्यक्रमकाविच ६ लाख ९८ हजार ४ सय ३० रुपैंया प्रदेश नम्बर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश नम्वर ३ का भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवन युवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले गरेका गतिविधीको प्रशंसा गरे ।