खेलाडी छनोटका लागि फर्म वितरण

भरतपुर । असोज १४
आठौं राष्ट्रिय खेलकुदलाई मध्यनगर गरी विभिन्न १३ खेलमा सहभागी जनाउने खेलाडीको छनोटका लागि फर्म वितरण भइरहेको जिल्ला खेलकुद विकास समिति चितवनले जनाएको छ ।मंसीर २१ देखि २८ गतेसम्म प्रदेश ५को विभिन्न जिल्लामा आठौं राष्ट्रिय खेलकुद हुँदैछ ।
असोज १० गते देखि १९ गतेसम्म खेलाडी फर्म वितरण भइरहेको छ । कात्तिक ९ गतेदेखि १६ गतेसम्म हुने जिल्ला छनोटका लागि फर्म वितरण भएको खेलकुद विकास समितिका सचिव रामजी ढकालले बताए । फुटवल, भलिवल, एथलेटिक्स, वक्सिङ, भारत्तोलन, टेवल टेनिस, क्रिकेट, तेक्वान्दो, कबड्डी, उसु, व्याडमिन्टन, वस्केटवल कराँतेका लागि खेलाडी छनोट गर्न लागिएको हो ।