यातायात ब्याबसायीको लापरबाही : यात्रुसंँग जथाभावी भाडा उठाउदै

प्रशासन भन्छन् : कार्वाही गर्छु

चितवन , १४ असोज । चितवनमा सञ्चालित सवारीसाधनहरुले यात्रु संँग मनपरी रूपमा भाडा लिने गरेको पाइएको छ । उनीहरुले यातायात व्यवसायीले हालै समायोजीत भाडादरभन्दा बढी नै यात्रुबाट भाडा लिने गरेको पाइएको हो । इन्धनको मूल्य बढेको बहानामा मूल्य बढाएसँगै समायोजन गरिएको नयाँ भाडा लागू हुनुभन्दा पहिल्यै नै व्यवसायीले तोकेभन्दा अधिकतम २ सय रूपैयाँसम्म भाडा लिने गरेको पाइएको हो । यसरी हेर्दा सरकारले भाडादर घटाउनुपर्ने देखिन्छ । तर, यातायात व्यवसायीहरुले भने भाडादर बढेको भन्दै चाडबाडको मौकामा तोकेभन्दा बढी भाडा लिइरहेका छन् । तर, पनि यात्रु ठगिइरहँदा समेत स्थानीय प्रशासन भने मौन छ ।उता , नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष मित्रराज केसीले सरकारले वैज्ञानिक भाडादर भने पनि त्यो व्यावहारिक नभएको बताए । भूगोल र सडकको अवस्थाअनुसार भाडा निर्धारण हुनुपर्नेमा सरकारले हचुवाका भरमा भाडा कायम गरेको केसीले आरोप लगाए । यता , ‘सरकारले तोकेको
भाडादर लागू भए÷नभएको बारे अनुगमन हुने चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए । उनलेे भने , । स्थानीय रूटमा पनि समायोजनअनुसारको भाडा लागू हुन्छ ।
पहिल्यै नै धेरै भाडा लिएको भए अब घटाउनुपर्ने उनले बताए । तोकिएको भाडादरभन्दा बढी लिएमा प्रहरी प्रशासनमा उजुरी गर्न पनि उनले आग्रह समेत गरे । उता, ‘जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले भने, हामीले यसअघि पनि पटकपटक गुनासो आएपछि भाडा चेकजाँच गरेका छौँ’ । ‘चाडबाडको समयमा यात्रु झनै ठगिने हुनाले यो समयमा हामी झनै सक्रिय हुन्छौँ ।’ ट्राफिक प्रहरीले बढी भाडा लिएको भन्दै यसअघि पनि विभिन्न यात्रुका भाडा फिर्ता गराएको थियो । डिलक्स सुविधा लिएको प्रमाणित सवारीसाधनले २० प्रतिशत भाडा थप लिन पाउने व्यवस्था सरकारले गरेको छ । अन्य भाडादर नखुलेको स्थानमा विशेषगरी पहाडी क्षेत्रमा २ रूपैयाँ नौ पैसा प्रतिकिलोमिटर प्रतिव्यक्तिमात्रै लिने सहमति भएको छ । डिलक्स नाममात्रको हुने गरेको तर सुविधा भने केही पनि नहुने गरेको यात्रुको गुनासो रहेको छ ।