चितवनमा सात बर्षिया बालिकालाई जवरजस्ती करणीको प्रयास

प्रनिश थापा । चितवन , १४ असोज । चितवनको भरतपुर महानगरपालिका ११ स्थित पोखरी चोकमा बस्ने एक ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ट्युसन पढाउने बाहानामा सोही ठाउँका १४ वर्षीय बालक वादल न्यौपानेले बालिकालाई पटक पटक करणीको प्रयास गरेको हो । कक्षा १० मा अध्ययनरत ती बालकले आफूलाई पटकपटक करणीको प्रयास गरेको भन्ने कुरा बालिकाले खुलाएपछि तत्कालै प्रहरी बोलाइ प्रशासनको जिम्मा लगाएको भरतपुर महानगरपालिका ११ का वडाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभएको छ । यता, जिल्ला प्रहरी कार्यलय चितवनका प्रबक्ता एबम् प्रहरी नायब उपरीक्षक प्रभु प्रसाद ढकालले भने पीडितका तर्फबाट उजुरी प्राप्त भएलगत्तै पीडकलाइ नियन्त्रणमा लिइ गम्भीर रुपमा अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जानकारी दिए ।