शिक्षिका शोभा बिरुद्व बिशेष अदालतमा मुद्वा दायर

 भ्रष्टाचार गरेको आरोप

 

चितवन , १२ असोज । पश्चिम् चितवनको भरतपुर महानगरपालिका २५ शुक्रनगरमा रहेको बालज्योति प्राथमिक विद्यालयमा कार्यारत शिक्षिका शोभा खड्का ९रायमाझी०लाई नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा कार्यरत रहेको आरोप लागेको छ । शिक्षण सेवामा कार्यरत रहेको शोभा रायमाझी बिरुद्व बिहार संस्कृत शिक्षा बोर्ड, भारतबाट प्राप्त गरेको हाइस्कुल तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेकोले आवश्यक छानबिन गरी कारबाही गरिपाऊँ भन्ने व्यहोरा सहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा परेको हो । आयोगका सहसचिव रामेश्वर दंगालका अनुसार आरोप पुष्टि भएपछि उनीबिरुद्व भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर भएको देखिन आएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको बताए । शोभाले प्रावि ९राहत कोटा० शिक्षक पदमा नियुक्ति लिई लाभ लिएको उजुरी अख्तियारमा परेको थियो ।