नियो न्याटल भेन्टिलेटर मर्मत नहुँदा नवजात शिशुको ज्यान गयो ।

चितवन , १२ असोज । मेडिकल सिटिको रूपमा बिकसित हुँदै गइरहेको चितवन जिल्लामा चिकित्सकको लापरबाही अझै रोकिएको छैनन् । यहाँको भरतपुरस्थित सरकारी अस्पतालमा चिकित्सकको चरम लापरबाही कहिले रोकिने हो रु त्यो निश्चित छैनन् । तर, उक्त सरकारी अस्पतालमा उपचारका लागी जाने बिरामी भने निको भइ फर्किने अवस्था भने मुस्किल हुने गरेको पाइदैन । चिकित्सकको चरम लापरबाहीले गएको भदौ २१ गते पीआईसीयू सुविधा नहुँदा मंगलपुर चितवनका एक बालकको सर्पदंशको कारण मृत्यु भएको घट्ना सेलाउन नपाउदै सोही अस्पतालमा पुनः एक नवजात शिशुले प्राण त्यागेका छन् । उपचारका लागि असोज पहिलो साता भरतपुर अस्पताल पुगेकी उमा तामाङकी नवजात शिशुको अस्पतालले आवश्यक उपचार सेवा दिन नसक्दा निधन भएको हो । श्वासप्रश्वासमा गम्भीर समस्या भई उपचार भर्ना भएकी उनलाई अस्पतालमा बिग्रेको नियो न्याटल भेन्टिलेटर मर्मत नहुँदा र नयाँ भेन्टिलेटर पनि जडान नहुँदा जन्मेको दुई हप्ताकै फरकमा नवजात शिशुले ज्यान गुमाउनु परेको बुझिएको छ । अस्पतालमा यसअघि २ वटा नियो न्याटल भेन्टिलेटर थियो । एउटा केही महिनाअघि नै बिग्रेको र अर्कोको पनि सेन्सर गएकाले दुवै प्रयोगमा छैनन् । २ वटा भेन्टिलेटर बिग्रिए पनि स्वास्थ्य महाशाखाले केही महिना अघि नै भरतपुर अस्पताललाई थप ४ वटा नियो न्याटल भेन्टिलेटर पठाएको थियो । अस्पताल प्रशासनले यसको जडानका लागि कुनै तदारूकता नदेखाउँदा ती प्रयोगविहीन छन् । भने यो उपकरण नहुँँदा एनआईसीयूमा उपचाररत अन्य नवजात शिशुहरुलाई जुनसुकै बेला पनि नियो न्याटल भेन्टिलेटर चाहिने अवस्थामा उनीहरुको ज्यान तलमाथि हुन सक्ने भए पनि अस्पताल प्रशासन मौन रहेका छन् । नवजात शिशुको उपचारमा अत्यावश्यक उपचार उपकरण चुस्तदुरूस्त नहुँदा उनीहरुले ज्यान गुमाइरहेका छन् । उता , अस्पतालमा पेड्रियाटिक आईसीयू ९पीआईसियू० सेवा नहुँदा बच्चाको उपचारमा असुविधा भएको डा। विश्वबन्धु बगाले बताउँछन् । २८ दिनदेखि १४ वर्षसम्मका बालबालिका जटिल अवस्थामा पुगेपछि पीआईसीयूमा उपचार गरिन्छ । गत, असोज १० गते मात्र बुटवलबाट इन्सेफ्लाइटिसको उपचारका लागि एक बालक रिफर भई आएकोमा पीआईसीयू अभाव भएपछि अस्पतालले उपचारका लागि लिन नसकेको डा। बगालेको भनाइ छ । यता, भरतपुर अस्पतालका निमित्त मेसु डा। युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते मृत्यु भएको बताएका छन् । जन्मे पछि २८ दिनसम्मका शिशुको नियो न्याटलमा राखेर कृत्रिम श्वासप्रश्वासबाट उपचार गरिन्छ । शिशु एनआईसीयू कक्षमा राख्ने बेलामै हामीले भेन्टिलेटर चाहिँ छैन भनेर अभिभावकलाई पूर्वजानकारी दिएका थियौँ, निमित्त मेसु डा। बसौलाले भने, ‘उपचारका क्रममा शिशुलाई भेन्टिलेटरको आवश्यकता पर्‍यो , तर हामीसँग त्यो सुविधा हाल नभएकाले बचाउन सकेनौँ । ‘बिहीबार अस्पतालको एनआईसीयूमा रहेका १२ नवजात शिशु मध्ये ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिन्छ, तर हामीसँग उपचार उपकरण नहुँदा जबर्जस्ती एनआईसीयूमै राखेर उपचार गराइरहेका छौँ’, उनले भने । बिरामीका अभिभावकलाई अन्य अस्पतालमा नवजात शिशुका लागि भेन्टिलेटर खोज्न भनेकोमा दुवै मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलमा पनि उक्त सुविधा नपाएपछि अभिभावकले पुनः शिशुलाई भरतपुर अस्पतालमै ल्याएका थिए । तर, ती शिशुको नियो न्याटल भेन्टिलेटर अभावमा उपचार सम्भव नभएपछि मृत्यु भएको बताए । अस्पतालमा पटकपटक चिकित्सकको चरम लापरबाही हुँदा समेत कुनै एक्सन नलिदा यस्तो घट्नाले थप सान्त्वना पाउदै गएको जानकारहरु बताउँछन् ।