एसपी राठौर आक्रमक रूपमा उत्रिदै, अपराधीहरु भागाभाग ।

 ५ सय भन्दा गुण्डा प्रहरी नियन्त्रणमा । 

चितवन , ९ असोज । चितवन जिल्लामा एसपी सुशीलसिंह राठौर आएसंँगै अपराधीक गतिविधि पुर्ण रूपमा नियन्त्रणमा आएको छ । एसपी राठौरले जिल्लामा कार्यभार सम्हाले लगत्तै अन्य दिनको तुलनामा बितेको चार महिनामा अपराधीक गतिविधि पुर्णतः नियन्त्रणमा आएको हो । यताकता , लुकिछिपी घट्ना बाहेक ठुला घट्ना चितवनमा घटेको पाइदैन । प्रहरीले अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन र जिल्लालाइ शान्त र सुरक्षित बाताबरण बनाउन पुराना टोलीलाई हटाइ नयाँ टोली नै खडा गरेपछि गुण्डाहरु नियन्त्रणमा आएको बताइएको छ । गुण्डागर्दी गर्नेको खोजी गरी त्यसलाई कानुनी कठघरामा उभ्याउने, अपराधीक गतिविधिलाई पुर्णतः नियन्त्रणमा लिने एसपी राठौरको पहिलो प्राथमिकता रहेको छ । जसलाई नियन्त्रणमा लिन प्रहरीले सर्च, स्वीप एण्ड स्क्रिनिङ थ्रीएस अप्रेशन नामाकरण समेत लागू गरिसकेको छ । जसमध्ये गुण्डागर्दीमा संलग्न भएको आशंकामा प्रहरीले जिल्लाको विभिन्न ठाउँहरुबाट एक हजार ७०० जनालाई नियन्त्रणमा लिइएकोमा ५६५ जनाबिरुद्व मुद्दा दर्ता नै गरिएको छ । उनीहरु माथि आवश्यक छानबिन गरी दोषी देखिए पछि मात्रै कार्वाही प्रक्रियालाई अगाडि बढाइएको एसपी राठौरले बताए । उनका अनुसार जिल्लामा पाँच प्रकारका गुण्डागर्दी गर्ने रहेका छन् । पछिल्लो समय प्रहरीले अभियान थालेसँगै राजनीतिक र व्यावसायिक गुण्डा पूर्णरुपमा नियन्त्रणमा आएको छ । एसपी राठौरले बताएअनुसार गुण्डाहरुलाइ वर्गीकरणमा छुटाइएको छ जसलाई फ्याउरे, टोले, संरक्षित, छ । यसअघि गुण्डागर्दीमा संलग्न भएर अहिले सामान्य जीवनयापन र व्यवसाय गरिरहेका १७ जनामाथि प्रहरीले निगरानी राखिरहेको जनाएको छ । जिल्लामा ६३ ठाउँमा प्रहरीका एकाइ छन् । ती एकाइले शङ्कास्पद ठाउँमा घेराहाली छानबिन गरेर गुण्डागर्दी गर्नेलाई नियन्त्रणमा लिने गरेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी चौकी र प्रहरी बिट मातहतका क्षेत्रमा गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत काम गरेको बताइएको छ । पक्राउ परेकालाई सामान्यतया सार्वजनिक हित विरुद्धका ऐनदेखि संगठित अपराधसम्मका मुद्दा चलाइएको राठौरले बताए ।