ग्याँस बुलेट अनियंत्रित भइ पल्टिदा दुई जना सामान्य घाइते

चितवन , ९ असोज । चितवनको भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा भारतीय नम्वर प्लेटको ग्याँस बुलेट अनियंत्रित भइ पल्टिएको छ । कलकत्ताबाट काठमाडौं तर्फ जाँदै गरेको एन। ०१। ए। ००७७ नम्बरको ग्याँस बुलेट मंगलवार विहान आँपटारी चोकमा मोड्ने क्रममा पल्टिदा बुलेट चालक र सहचालक घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।