बिवाह गर्न असम्भव भएपछि : बलात्कारको मुद्दा 

 

चितवन , ९ असोज । भाद्र १ गतेदेखि लागू गरिएको नयाँ कानुन अनुसार अबदेखी बिवाह गर्न केटा र केटीको उमेर अनिवार्य रूपमा २० बर्ष नै पूरा हुनुपर्ने हुन्छ । यदी सो, उमेर भन्दा अगावै गरिएको त्यस्ता बिवाहलाइ अयोग्यका रूपमा लिइन्छ । चितवनमा यहीँ नयाँ कानुनले एक जोडीलाई बिवाह गर्न बाट अल्झ्याइदिएको छ । भरतपुर महानगरपालिका वर्डा नम्बर ११ मा बस्ने बर्ष १९ को केटा र बर्ष १७ की केटी प्रेम सम्बन्धमा थिए । उनीहरु बिच एक अर्कालाई एकदमै माया गर्छन् । प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न चाहे भने एक महिनाअघि नै घरबाट समेत भागेर नै हिँडे । तर, उनीहरुको बिहे कानुनतः सम्भव थिएन । नयाँ कानुनअनुसार यो उमेरका केटाकेटीबीच विवाह हुन नसक्दा उनीहरुका दुवै परिवार यतिबेला समस्यामा छन् । घटना प्रहरीसम्म पुग्यो तर प्रहरीले समेत कुनै सहयोग गरेनन् अर्थात् उमेर नपुगेकाले प्रहरीले उनीहरुको जोडी मिलाएनन् । केटी पक्षले बिहेका लागि प्रहरीमा निकै दबाब दियो, तर पनि प्रहरीले एउटै मात्रै जवाफ दिइरह्यो , ‘कानुनले बिवाह गर्न मिल्दैन, सो आइ।एम। सरी ।’ केटा पक्षले केटी अस्वीकार गरेपछि घटनाले पुनः अर्को मोड लियो । त्यो हो केटी पक्षले केटाविरुद्ध बलात्कार मुद्दा । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एसपी सुशील सिंह राठौरले
केटी पक्षका आफन्तबाट आइतबार प्रहरीमा बलात्कार गरेको जाहेरी दिएका छन् । यस मुद्दाका आरोपित भने फरार रहेकाले पक्राउ पूर्जी जारी भई खोजी भइरहेको समेत उनले बताए ।
कानुनले निषेध गरेको उमेरका केटाकेटीबीच भागेर हिँड्ने र पछि गाउँटोल छिमेकले बिहे हुनुपर्छ र गराउनुपर्छ भनी प्रहरीमा अनावश्यक दबाब दिने गरेको एसपी राठौरले बताए । प्रहरीमा अहिले उमेर नपुगी भागी बिहे गरेर विवाद ल्याउनेहरु बढेको उनले बताए । ‘प्रहरीले कानुनले नगर भनेको कुरा गर्दैन, कसैले उमेर नै नपुगी जबर्जस्ती बिहे गर भनेर दबाब दिन्छ भने उहींं विरुद्ध मुद्दा चलाउन प्रहरी बाध्य हुन्छ,’ एसपी राठौरले भने ।

७० वर्षीया वृद्वा बलात्कृत ।
यता , ७० वर्षीया वृद्धालाई जबर्जस्ती करणी गर्न खोजेको भन्दै
६४ बर्षीया एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार असोज ४ गते रातीको समयमा शौचालय गएको अवस्थामा एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीले माडी नगरपालिका–३ बस्ने वर्ष ६४ का विश्राम महतोलाई गएको शनिबार गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनमा पीडित आफैँले असोज ५ गते जाहेरी दिएकी थिइन् । लगत्तै प्रहरीको टोलीले महत्तोलाइ असोज ६ गते माडी बाटै पक्राउ गरेको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।