उपचार खर्चको अभावमा १३ बर्षिया बालिका एक सातादेखि अस्पतालमै अलपत्र ।

?

चितवन , ३ असोज । उपचार खर्चको अभावमा एक अबोध बालिका अस्पतालमै बस्न बाध्य हुन्छिन् र सम्बन्धि निकायले कुनै सुनुवाइ गर्दैनन् भने यो कस्तो बिड्म्बना ? मेडिकल सिटीको अनेक नारा फुँक्ने चितवन जिल्लामा एक बालिका उपचार खर्चको अभावमा झन्डै एक सातादेखि अलपत्र परेकी छिन् । सम्बन्धि निकायले कानमा तेल हालेर रमिते बनेपछि तनहुँकी १७ वर्षीया इशा गुरूङ चितवन मेडिकल कलेजमै अलपत्र परेकी हुन् । श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि गएको साउन २७ गते अस्पतालमा भर्ना भएकी इशा अब बाँच्छिन् भन्ने कल्पना समेत कसैले गरेका थिएनन् । ‘तर, अस्पतालले आज एकदिन राखेर त हेरौँ भनेपछी उनकी आमा इश्वरी आफ्नी फुल जस्ती छोरीलाई उपचार गराउन राजी भइन् । अस्पतालको आग्रह बाबजुद उनी आफ्नी फुल जस्ती छोरीको उपचार गराउन त  सफल भइन् तर, दुर्भाग्य अस्पताल प्रशासन लाई बुझाउनुपर्ने बाँकी बक्यौता झन्डै एक लाख ९७ हजार रूपैयाँ भने बुझाउन नसकेकै कारण उनकी छोरी अस्पतालमै बस्न बाध्य भइन् । उनकी आमा इश्वरीले भनिन्, ‘लामो समय लागेर छोरीले उपचार त पाइन्, तर निको भइसकेकी आफ्नै छोरीलाई समेत मैले घर लैजान पाइनन् ।’ उपचार प्रक्रिया सबै सकिएपछि अस्पतालले उनलाई पाँच दिन अघि नै घर जान भनेको थियो । दुई लाख बुझाउन नसक्दा यहाँबाट आफ्नी छोरीलाई लैजान नपाएको उनको गुनासो थियो । गरिबी परिवारमा हुर्किएकी इशाको घरमा आमा बाहेक कोही छैनन् । सानै उमेर हुँदा आफ्नो बाबु गुमाएर बियोगमा परेकी इशाले आफ्नी आमाले गरेको दुःख देख्न नसकेपछि राम्रोसँग अध्ययन समेत गर्न सकेनन् । उनलेे कक्षा ८ मा अध्ययन गर्दा गर्दै पढाइ छाडिन् अनि आमा संगसंगै काम गर्न हिंडिन् तर, आफैँ बिरामी भएपछि उनी चितवन मेडिकल कलेज आएकी थिइन् । उनी भन्छन् : आमाले जसोतसो गरेर ऋण खोज्नुभयो । बिलमा उठेको रकम पाँच लाख अर्तीस हजार हो । त्यसमध्य आमाले तीन लाख ४२ हजार रुपैयाँ अस्पताल प्रशासनलाइ बुझाउनुभयो । एक लाख ५४ हजार रूपैयाँ भने दायाँबायाँ ऋण गरेर अस्पताललाई बुझाए पनि औषधि खर्चबाहेक अझै एक लाख ९६ हजार रुपैयाँ बाँकी नै छ । हामीसंँग भएको सबै रकम दिइसक्यो, अब एक रुपैयाँ पनि छैनन् । ऋण गर्ने ठाउँ पनि कतै छैनन् । उनलेे अस्पताल परिसरको शैय्याबाट नै आफूलाइ सहयोग गर्नका लागी सबैलाई गुहार गरेकी छिन् । यता, अस्पतालका व्यवस्थापक पारस अधिकारीले भने, अस्पतालले सबै खर्च हेर्न नसके पनि केही सहयोग भने अवश्य गर्ने प्रतिबद्धता जनाएको छ । ‘हामी पूरै खर्च व्यहोर्न सक्दैनौँ’, ‘तै पनि, अस्पतालले हेर्न सक्ने ठाउँसम्म हेर्ने कुरो भएको छ, के कति सहयोग गर्नुपर्ने हो भन्ने विषयमा निर्णय भइसकेको छैन ।’ बिरामीको अवस्था हेरेर अस्पताल प्रशासन सकारात्मक रहेको छ , उनलेे भने ।