निर्मला हत्याकाण्डको प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीसहित ५ प्रहरी निलम्बित

काठमाडौं, ३१ भदौ । निर्मला पन्तको बलात्कापछि हत्याका दोषीलाई पत्ता लगाउन जिम्मेवारीपूर्ण काम गर्न नसकेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । उनीसँगै हत्याकाण्डको प्रमाण नष्ट गर्ने अन्य चार प्रहरी पनि निलम्बनमा परेका छन् ।

बलात्कापछि हत्यामा संलग्नलाई खोजी गर्न जिम्मेवारी ननिभाएको भन्दै डीएसपीसहितका पाँच प्रहरीलाई सरकारले निलम्बन गरेको हो ।

हिजो शनिबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छानविन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहनिकट श्रोतले जनाएको छ । प्रतिवेदनमा बालिकाको हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्जक गर्न नसकेका र प्रमाण नष्ट गर्र्नेसुरक्षाकर्मीलाई नै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ । प्रतिवेदनका आधारमा डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी उपरीक्षक जगदिश भट्ट, प्रहरी निपरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्न गरिएको गृह मन्त्रालयले जनाएको छ ।