निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै भरतपुरमा बृहत् प्रदर्शन 

चितवन,भदौं ३०(

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै चितवनको भरतपुरमा बृहत् प्रदर्शन गरिएको छ । भरतपुरको चौविसकोटीमा स्वतस्फुर्त रुपमा जम्मा भएका मानिसहरुले निर्मलाका निम्ति न्यायः लेखिएका ब्यानर बोकेका प्रदर्शनकारीले बलात्कारी सार्वजनिक गर्न दबाव दिँदै नाराजुलुश गरेका थिए । साँझ ५ बजे चौविसकोठीमा भेला भएर प्रर्दशन गरिएको हो । प्रर्दशनमा महिला अधिकारवादी, विभिन्न पेशाकर्म, नागरिक समाज, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।