‘निर्मलाका निम्ति न्याय’ भन्दै आज बेलुकी चितवनमा विशाल प्रदर्शन हुँदै

 

चितवन , ३० भाद्र । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिबार देशभर बिरोध प्रदर्शन भइरहेको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरिराखेको भन्दै ‘निर्मलाका निम्ति न्याय’ कार्यक्रम अन्तर्गत प्रदर्शन गर्न लागिएको अभियन्ताहरूले बताएको छ । अभियानमा सहयोग पुर्याउन स्वतः स्फुर्त रूपमा यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । हत्या भएको ५२ दिन बितिसक्दा समेत दोषीलाई कार्वाही गर्न आलटाल गरेको भन्दै सरकारलाई दबाब दिन शनिवार साँझ ५ बजे भरतपुरको चौविसकोठीमा प्रर्दशन गरिने भएको हो ।