विप्लब नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो

एक पक्षले अर्कोमाथी आरोप–प्रत्यारोप र कार्बाही


काठमाण्डौं÷भाद्र ३०, २०७५
नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपा निकट पत्रकार संगठनमा भाँडभैलो उत्पन्न भएको छ । संगठनमा अराजक्ता बढदैं जाँदा एकपक्षले अर्को पक्षलाई कार्बाही सम्मका घटनाहरु साबर्जनिक भएको छ ।
उसो त् सो पार्टी निकट पत्रकार संगठनमा नेतृत्वको अस्वभाविक हेरफेरलाई लिएर महिनौंअघिदेखि आपसी खिँचातानी र एक पक्षले अर्को पक्षलाई अश्वीकार गर्ने अवस्था उत्पन्न भएको थियो । सो क्रम बढदै गएकोले अहिले एक पक्षले अर्कोमाथी आरोप–प्रत्यारोप र कार्बाहीक श्रृखला नै चलेको देखिन्छ ।
सो पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली(सुर्दशन) को नाममा भदौ २८ गते बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी सम्बद्ध ५ जनालाई कारबाही गरिएको कुरा सावर्ज्निक गरेका थिए ।
पार्टी संगठन विरुद्ध गतिविधि गर्नेमाथि कारबाही भन्दैं उनले विज्ञप्तिमा सो पाटीका क्षेत्रीय ब्युरो सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका पुर्ब अध्यक्ष प्रभात चलाउने, जिल्ला समिति सदस्यहरु तथा क्रान्तीकारी पत्रकार संगठनमा आबद्ध जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप बर्देवालाई नेकपाले पार्टीबाट अनिश्चितकालका लागि निस्कासीत गरेको जानकारी गराएका थिए ।
नेकपा निकट सम्पूर्ण जनवर्गीय संगठन, मोर्चा र विभागको इन्चार्जको जिम्मेवारी सम्हालेका नेता सुदर्शनले विज्ञप्तिमार्फत पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको, महत्वपूर्ण सुचनाहरु बाहिर चुहाएको, पार्टी र नेतृत्वका विरुद्ध सामाजिक संजालमा भ्रामक समाचार दिएको र जिम्मेवार ब्यक्तिमाथि हातपात गरेकोले उनीहरुलाई कारबाही गरिएको स्पस्ट पारेका छन् ।
सुर्दशनको विज्ञप्ती सञ्चार माध्यममा आएलगत्तैं फेरी अर्को पक्षले सङ्गठन बिरुद्ध गतिविधि गर्ने प्रकाश डुम्रेसहित तीन जना क्रान्तिकारी पत्रकार संगठनबाट निष्कासित गरिएको भन्दै विज्ञप्ती नै जारी ग¥यो ।


हिजो २९ भाद्र शुक्रबार क्रान्तिकारी पत्रकार संगठन नेपालको लेटरप्याडमा जारी विज्ञप्ती अनुसार प्रकाश डुम्रे लगायत तीन जना केन्दीय सदस्यलाई संगठनबाट निष्कासन गरेको बताईएको छ । सङ्गठनबिरुद्ध अराजक गतिविधि गरेपछि साधारण सदस्य समेत नरहने गरि डुम्रे सहित हिम विष्ट र सृजना तिम्सिनालाई निष्कासन गरेको संगठनले जनाएको छ ।
हेटौडा महाधिवेशनबाट गुट बनाएर हिडेका उनीहरुले नगरकोट सम्मेलनमा भएको बन्द शत्रको गोप्य सुचना रेकर्ड गरी प्रहरीलाई बुझाएको, संगठनको विरुद्धमा पार्टीलाई विल्कुलै गलत सूचना दिएको, अनावश्यक रुपमा उत्तेजित पारेको र आन्तरिक काममा बाधा पु¥याएको भन्दै सङ्गठनले कारवाही गरेको संगठनद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । बैशाख १५, १६ र १७ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले ५१ सदस्यीय कमिटी बनाई ४८ जनालाई केन्दीय सदस्यमा निर्वा्चित गरेको थियो । त्यस मध्येका ३९ जनाले एक विज्ञप्ति जारी गर्दै संगठनबाट उनीहरुलाई निष्कासन गरेका विज्ञप्तीमा जनाईएको छ ।


उक्त विज्ञप्तिमा भनिएको छ, ‘तीन वर्षअघि हैटौडामा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनदेखि नै संगठनमा जवरजस्त गुट पैदा गर्ने र संगठनको जिम्मेवारीलाई आफ्नो व्यक्तिगत स्वार्थ पूर्तीमा लगाउँदै आएको सोही समूहले गत् बैशाखमा सम्पन्न राष्ट्रिय सम्मेलनमा पार्टीका नेताहरुलाई विल्कुलै गलत सूचना दिने, अनावश्यक रुपमा उत्तेजित पार्ने र आन्तरिक काममा बाधा पु¥याउने काम ग¥यो । एकातिर प्रहरीले गरेको हस्तक्षेप र अर्र्काे्तिर आन्तरिक रुपमा त्यो प्रवृतिले पु¥याएको बाधाले सम्मेलनले नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा गर्न सकेको थिएन ।’
विज्ञप्तिमा अगाडी भनिएको छ, ‘हामी ती सबै समस्याहरुलाई आन्तरिक छलफलबाट टुंगो लगाउने भनेर पाँच महिनासम्म लाग्यौ । तर, यसबीच ती पात्रहरु एकातिर पार्टीको आडमा सञ्चालित मिडियालाई दुरुपयोग गरी अकूत पैसा उठाउने, बागबजारमा बसेर विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र तयार पार्ने धन्दा जस्तै लाग्ने नक्कली सूचना तयार पार्ने र ती गलत सूचनाहरु पार्टीका नेताहरुलाई निरन्तर पु¥याउने, कठोर संघर्ष, दुःख, कष्ट सहँदै देशभरका साथीहरुको मेहनतबाट स्थापित भएको संगठनलाई सिध्याउने अनुशासनहीन, नैतिकहीन र विल्कुलै गलत धन्दामा लागेका कारण तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा चयन भएका प्रकाश डुम्रे, हिम विष्ट, सिर्जना तिम्सिनालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको जानकारी गराउँदछौ ।’
सम्मेलनपछि सङ्गठनको बैठक नै बस्न नसकेको अवस्थामा केहीदिन अघि प्रकाश डुम्रेले आफु अध्यक्ष बनेको भन्दै सामाजिक सञ्जालमा बधाई मागेपछि बिबादको सुरुवात भएको थियो । सङ्गठनले त्यसबखत पनि संशयपूर्ण भूमिका भएका र खराब आचरण भएका केही पात्रहरु अमुक नेतालाई प्रभावमा पारेर जवरजस्त आफूलाई नेता घोषित गराउन लागिपरेको प्रष्ट पार्दै यस्ता घृणित कार्यमा नलाग्न चेतावनी दिएको थियो ।
तर नेतृत्व हत्याउने उदेश्यले डुम्रे गुटले आफ्नो यस्ता अराजक गतिविधिलाई घटाउनुको साटो झन बढावा दिएर पार्टीका नेताहरुसँग भेटघाट गरी संगठनका सदस्यहरुको नाम तोकेरै भ्रमपूर्ण रिपोटिङ गर्दै आएका थिए । लोमो समयदेखि प्रकाश डुम्रे, हिम बिष्ट, राजेन्द्र चिमौरीया,सिर्जना तिमल्सिना,सागर लामा,आलोक लिम्बु र मोहन पन्तले पार्टी क्रान्तिलाई नराम्ररी असर पर्ने गरी अनाआवश्यक गुटबन्दी गर्ने, विभिन्न अनलाईनहरुमा मिथ्या समाचार छाप्दै आएका छन् भन्दै विज्ञप्तीमा उनीहरुको गलत प्रवृतीबाट पार्टी जोगिनपनि सुझव दिईएको छ ।
यसरी विप्लब समुह निकट पत्रकार संगठनमा भएको विभाजन र भाडभैलोको बलैमा समाधान गर्ने उयाय नअपनाएमा त्यसले निकट भविश्यमा पार्टीमा समेत विभाजन र भाँडभैलो उत्पन्न नहोला भन्न सकिन्न । कम्युनिष्ट पार्टी र तिनका जनबर्गिय संगठनहरुमा सतहमा जे जे देखाईएपनि मुख्यतः आर्थिक सत्ताको प्रयोग, परिचालन र दुरुपयोगमा लँडाई केन्द्रित हुने गरेको देखिन्छ । कता विप्लब समुहका केही नेता कार्यकर्ता पनि क्रान्तीको नाममा आर्जित शक्तिको आडमा आंतक सिर्जना गर्दै भित्र भित्रै सम्पति थुपार्ने धन्दामा केन्द्रित छैनन् । यस विषयमा सो पाटीको उच्च नेतृत्व तहले बेलैमा सोच्नुपर्ने भएको हो की ? नत्र नेताको सोंच र विचार एकातिर कार्यकर्ताको प्रवृती र ध्याउन्न अर्कोतिर होला । पार्टी नेतृत्व यस विषयमा गम्भिर बनोस । विवादको जडमा नपुगी हुने आपसी आरोप–प्रत्यारोप र कार्बाहीले गुट उपगुट र टुट फुटलाई मात्र मलजल गर्दछ ।