चितवनको राप्तीमा सर्लाहीका एक युवकको शव फेला ।

 

चितवन , २६ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ स्थित मार्तल पुल मूनी एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पुलबाट खसेको जस्तो देखिने शव सर्लाहीको धनकोल गाउँपालिका वडा नम्बर ४ का राप्ती नगरपालिका–३ मा डेरा गरी बस्ने अन्दाजी ३०्३२ वर्षका रामप्रसाद राईको रहेको जनाएको छ । आज बिहान ६ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।